images
images

आइतवार, जेठ ६ गते २०८१

अन्तःशुल्क छुट र अवैध मदिरा नियन्त्रण गर्न व्यवसायीको माग

अन्तःशुल्क छुट र अवैध मदिरा नियन्त्रण गर्न व्यवसायीको माग

images
images
images
आइतवार, आषाढ २७ २०७८
आइतवार, आषाढ २७ २०७८
  • अन्तःशुल्क छुट र अवैध मदिरा नियन्त्रण गर्न व्यवसायीको माग

     बुटवल, २७ असार । 
    सरकारले आफूहरुमाथि सौतेलो व्यवहार गरेको भन्दै कोरोनावाट व्यवसाय थला परेको हुँदा अन्तःशुल्क छुट गर्न मदिरा व्यवसायीले माग गरेका छन् । यस्तै अवैध घरेलु मदिरा र भारतबाट भन्सार छलेर आउने मदिराका कारण कर तिरेर व्यवसाय गर्ने व्यवसायीहरु धरासायी हुने अवस्था आएको व्यवसायीको गुनासो छ । व्यवसायीहरुले पत्रकार सम्मेलन गरी घरेलु मदिरालाई ब्राण्डिङ गरी करको दायरामा ल्याई व्यवस्थित गर्न र भारतबाट भन्सार छलेर ल्याइने मदिरा नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायको ध्यान जानुपर्ने माग गरेका छन् । 

    images
    images
    images

    कोरोना महामारीमा निषेधाज्ञा हुँदा अन्य व्यवसाय जस्तै मदिरा व्यवसाय पनि बन्द भएको र अरुले छुट पाउँदा आफूहरुलाई सरकारले कुनै सहुलियत र छुट नदिएको व्यवसायीको गुनासो छ । ‘निषेधाज्ञा अवधिमा अरु जस्तै हाम्रो व्यवसाय पनि बन्द भयो’–मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष शम्भु प्रसाद भट्टराईले भने–‘सरकारले अन्य व्यवसायलाई छुट दियो तर हामीलाई कुनै छुट नदिएर भेदभाव भयो ।’ 

    घरेलु मदिराको अवैध उत्पादन र खपत बढ्दा राज्यलाई कर तिरेर उत्पादन भएका मदिरा र व्यवसायी दुबै संकटमा पर्दै गएको अध्यक्ष भट्टराईले बताए । घरेलु मदिराको गुणस्तर कायम गरी ब्राण्डिङ गरेर करको दायरामा ल्याई व्यवसायीमार्फत बजारमा जाने वातावरण बनेको खण्डमा विदेशी मदिराको आयात प्रतिष्थापन हुन सक्ने भट्टराईले बताए । बजारमा खपत हुने कूल मदिराको करिब २५ प्रतिशत अवैध घरेलु मदिराको रहेको व्यवसायीको दावी छ । 

    संघका महासचिव हिमाल भुसालले खुल्ला सीमाका कारण भारतमा उत्पादन हुने मदिरा चोरी पैठारी गरी ल्याउंदा नेपाली उत्पादन भन्दा सस्तो हुने गरेकाले व्यवसायी मारमा परेको बताए । नेपालमा हरेक वर्ष मदिराको मुल्य बृद्धि हुने गरेको कारण भारतीय उत्पादनसंग नेपाली उत्पादनले प्रतिष्पर्धा गर्न नसक्ने भएकाले व्यवसाय संकटमा परेको महासचिव भुसालले बताए । 

    कूल राजस्वमा मदिरा उद्योग र मदिरा व्यवसायको करिब २५ प्रतिशत योगदान भएपनि व्यवसायीले भोग्नु परेको समस्यामा सरकार गम्भिर हुन नसकेको संघका सचिव बावुराम ज्ञवालीले आंैल्याए । पत्रकार सम्मेलनमा संघका कोषाध्यक्ष भागिरथ पाण्डे, कार्यसमिति सदस्य यादव रेग्मीले संघले व्यवसायिक हकहितसंगै सामाजिक क्षेत्रमा समेत योगदान गर्दै आएको हुँदा व्यवसायीलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने आग्रह गरे ।  

     
     
     


    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij