images

सोमवार, बैशाख २४ गते २०८१

लायन्स भैरहवा गौतमबुद्धको आयोजनामा शुद्धोधनमा निःशुल्क स्वास्थ्य शिविर 

लायन्स भैरहवा गौतमबुद्धको आयोजनामा शुद्धोधनमा निःशुल्क स्वास्थ्य शिविर 

images
images
images
आइतवार, आषाढ २७ २०७८
आइतवार, आषाढ २७ २०७८
  • लायन्स भैरहवा गौतमबुद्धको आयोजनामा शुद्धोधनमा निःशुल्क स्वास्थ्य शिविर 

    भैरहवा, २७ असार । 
    लायन्स क्लब अफ भैरहवा गौतमबुद्धको आयोजनामा शनिबार रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुद्धोधन गाउँपालिका स्वास्थ्य शाखाको सहकार्यमा वडा नम्बर ६ स्थित गुरौलिया माविमा भएको शिविरमा महिला तथा प्रसुति रोग, दन्त रोग, आँखा जाँच लगायतका सेवा प्रदान गरिएको थियो ।  शिविरमा ५७४ जना बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिएको लायन्स क्लब अफ भैरहवा गौतमबुद्धका संस्थापक अध्यक्ष पिन्टु बनियाले जानकारी दिए । कोरोना महामारीमा समयमा अस्पतालसम्म पुग्न समस्या भएका स्थानीयलाई सहजताका लागि कार्यक्रम आयोजना गरिएको बनियाले बताए ।

    images
    images
    images

    शुद्धोधन गाउँपालिका–६ का वडा अध्यक्ष जयशंकर पाठकले विभिन्न रोगका विशेषज्ञ डाक्टरबाट सेवा प्रदान गरिएको बताए । उनले कार्यक्रम आयोजना गर्ने लायन्स क्लब अफ भैरहवा गौतमबुद्ध तथा समन्वय गर्ने स्वास्थ्य शाखा धन्यवाद व्यक्त गरे । क्लबले आगामी दिनहरूमा पनि अझै ठूलो योजनाका साथ वडामा मात्रै नभइ गाउँपालिकाका सबै ठाउँमा यस्तो कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको बताए ।  लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका द्वितीय भाइरस गभर्नर नवराज न्यौपानेले ग्रामीण क्षेत्रमा क्लबको उपस्थिति हुनु प्रशंसनीय कार्य भएको बताए ।

    कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका को–चिफ एडभाइजर विनोद खरेल, रिजन चेयरपर्सन ओम जैसी, लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका संस्थापक सचिव रविकान्त उपाध्याय लगायतले बोल्दै क्लबले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिनुपर्ने बताए ।

    कार्यक्रममा गुरौलिया माविको प्रांगणमा वृक्षारोपण पनि गरिएको स्वास्थ्य शिविर कार्यक्रमका संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष उमाशंकर पाठकले बताए । विद्यालय परिसरमा ५० वटा विरुवा रोपिएको र १५० वटा विरुवा वितरण गरिएको वृक्षारोपण तथा विरुवा वितरण कार्यक्रम निसार अलीले जानकारी दिए ।

    IMG-20210711-WA0000.jpg

    निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी समेत पाएकोमा स्थानीयवासी खुशी भएको स्थानीय बाबुलाल लोधले बताए । क्लबका सचिव दुर्गा प्रसाद कान्दुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । आयोजकका अनुसार शिविरमा मिनाक्षी आई केयर र हाम्रो डेण्टल क्लिनिक सहयोग रहेको थियो ।
    .

    IMG-20210711-WA0010.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij