images

मंगलवार, बैशाख २५ गते २०८१

सुन्दर ग्लास हाउसमा भएको आगलागि नियन्त्रणमा 

सुन्दर ग्लास हाउसमा भएको आगलागि नियन्त्रणमा 

images
images
images
आइतवार, आषाढ २७ २०७८
आइतवार, आषाढ २७ २०७८
  • सुन्दर ग्लास हाउसमा भएको आगलागि नियन्त्रणमा 

    भैरहवा, २७ असार । 
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ नारायणपथस्थित सुन्दर ग्लास हाउसमा भएको आगलागि नियन्त्रणमा आएको छ । आगलागि नियन्त्रणमा आए पनि आगो भने पूर्ण रुपमा निभेको छैन । शनिबार राती करिब ९ बजेदेखि आगो लागेको थियो । 

    images
    images
    images

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहका दमकल, नवलपरासीको बर्दघाट नगरपालिका, नेपाल आयल निगम, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दमकल, प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीय आगलागि नियन्त्रणका लागि प्रयास गरेका थिए ।

    रातभर नियन्त्रणमा आउन नसकेको आगो आइतबार (आज) बिहान ५ बजे नियन्त्रणमा आए पनि अहिले आगो निभाउने कार्य भइरहेको छ । भैरहवामा वर्षा समेत भइरहेको र दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।दुई वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको स्थानीय तथा पत्रकार शंकर पाण्डेले जानकारी दिए ।

    प्लाइबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगलागि हुँदा सबै प्लाइबोर्ड नष्ट भएको छ । आगलागिबाट दुईतल्ले घरमा क्षति भएको छ । माथिल्लो तल्लामा पसलधनीको परिवार बस्दै आएकोमा उनीहरुको सकुशल उद्दार गरिएको थियो, जसले गर्दा मानवीय क्षति हुन पाएन । तर, घरमा रहेको नगद, मोटरसाइकल भने जलेर नष्ट भएको सुन्दर ग्लास हाउसका सञ्चालक सुन्दर अग्रहरीले जानकारी दिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij