images

मंगलवार, बैशाख २५ गते २०८१

सवारीसाधन पार्किङ्गलाई व्यवस्थित बनाउन आवश्यक रहेकोमा जोड

सवारीसाधन पार्किङ्गलाई व्यवस्थित बनाउन आवश्यक रहेकोमा जोड

images
images
images
शुक्रवार, आषाढ २५ २०७८
शुक्रवार, आषाढ २५ २०७८
  • सवारीसाधन पार्किङ्गलाई व्यवस्थित बनाउन आवश्यक रहेकोमा जोड

    भैरहवा, २५ असार । 
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा ट्राफिक व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा भैरहवा बजार क्षेत्रमा देखिएका विविध ट्राफिक समस्याहरु समाधानका विषयमा छलफल भएको संघका कार्यसमिति सदस्य तथा ट्राफिक व्यवस्थापन समितिका संयोजक गौरव श्रेष्ठले बताए । व्यवसायीहरुलाई सहज हुने गरी पार्किङ्गको व्यवस्था तथा नगरभित्रको छाडा चौपाया व्यवस्थापन गरिनुपर्ने विषयमा छलफल भएको श्रेष्ठले बताए 

    images
    images
    images

    कार्यक्रममा बोल्दै संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपश्चात यो क्षेत्रमा पर्यटकको चाप अत्याधिक हुने भएकोले यस नगरको सुन्दरीकरण एवं विकासको लागि नगरपालिकाभित्रको अव्यवस्थित सवारी पार्किङ्गलाई व्यवस्थापन गरी नगरलाई व्यवस्थित गराउन आवश्यक रहेको बताए ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक दिवस बहादुुर जि.सी.ले सबैको सुझाव र समन्वयको आधारमा बजार क्षेत्रको ट्राफिक व्यवस्थापन हुने बताए ।

    संघका महासचिव विजय पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेत बहादुर क्षेत्री, वडा नम्बर ८ का अध्यक्ष राजनजंग राणा, १२ का अध्यक्ष करुञ्जन कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij