images

मंगलवार, बैशाख २५ गते २०८१

राससकर्मीसहित चार पत्रकार सम्मानित

राससकर्मीसहित चार पत्रकार सम्मानित

images
images
images
बिहिवार, आषाढ २४ २०७८
बिहिवार, आषाढ २४ २०७८
  • राससकर्मीसहित चार पत्रकार सम्मानित

    रुपन्देही, २४ असार ।
    लुम्बिनी प्रदेश सरकारले गुल्मीका राससकर्मी जनार्दन घिमिरेसहित चार पत्रकारलाई सम्मान गरेको छ । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज बुटवलमा कार्यक्रम गरी दाङका पत्रकार सुशील गौतमलाई ‘अग्रज पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मान गरेको  छ । गुल्मीका राससकर्मी घिमिरे, रुपन्देहीका स्वर्गीय पत्रकार हिक्मत चौधरी र बाँकेका अक्षरी पोखरेललाई ‘सिर्जनशिल पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मान गरिएको हो । 

    images
    images
    images

    लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरी र आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्यले पत्रकारलाई नगद राशीसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका हुन् । कोरोना संक्रमणबाट मृत्यु भएका पत्रकार चौधरीलाई प्रदेश सरकारले मरणोपरान्त सम्मान गरेको हो । सम्मान चौधरीकी धर्मपत्नी उदयदेवीले ग्रहण गरिन् । अग्रज पत्रकारिता पुरस्कारको राशी रु एक लाख र सृजनशील पत्रकारिता पुरस्कारको राशी जनही रु ५०÷५० हजार रहेको मन्त्रालयले जनाएको छ । 

    पत्रकारलाई सम्मान गर्दै मन्त्री चौधरीले प्रदेश सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । उनले अहिले प्रदेशसभामा प्रस्तुत भएको सञ्चार विधेयकका विषयमा पत्रकारबाट गुनासो आए पनि छलफलबाट समस्या समाधान गरेर अगाडि बढ्ने उल्लेख गरे । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले सम्मानले पत्रकारलाई पेशाप्रति अझै जिम्मेवार बनाउने विश्वास व्यक्त गरे । 

    सम्मानित अग्रज पत्रकार गौतमले मुलुकको परिवर्तनमा पत्रकारिताको योगदान अमूल्य रहेको उल्लेख गर्दै सामाजिक न्याय र समानताका लागि निरन्तर लाग्ने धारणा राखे । सम्मानित पत्रकार पोखरेलले सम्मानले थप जिम्मेवारी बोध गराएको बताए ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले लोकतन्त्रको रक्षा र पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध हुनुपर्ने बताए । प्रदेश सरकारले पुरस्कार तथा सम्मानका लागि रुपन्देहीका अग्रज पत्रकार डिआर घिमिरेको संयोजकत्वमा विमला चौधरी र केवि घिमिरे सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसका आधारमा पत्रकारलाई सम्मान गरिएको मन्त्रालयका सचिव रविलाल पन्तले जानकारी दिए । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij