images

आइतवार, बैशाख २३ गते २०८१

बालाजी अटोमोबाइल्सद्वारा बुटवलमा टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक

बालाजी अटोमोबाइल्सद्वारा बुटवलमा टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक

images
images
images
बिहिवार, आषाढ २४ २०७८
बिहिवार, आषाढ २४ २०७८
  • बालाजी अटोमोबाइल्सद्वारा बुटवलमा टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक

    बुटवल, २४ असार ।
    टिभीएस गाडीका लागि बुटवलस्थित आधिकारिक विक्रेता बालाजी अटोमोबाइल्सले मार्भल्स अभेन्जसर््बाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक गरेको छ । उक्त स्कुटर जगदम्बा मोटर्सका क्षेत्रीय प्रबन्धक सन्तोष पारिक, क्षेत्रीय अधिकृत दिलीप न्यौपाने, बालाजी अटोमोबाईल्सका प्रोप्राइटर विशाल जैसवाल र सोरुम इञ्चार्ज सुन्दर अर्यालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    टिभीएस मोटर कम्पनी, विश्वव्यापी रूपमा प्रतिष्ठित दुई पांग्रे र तीन पांग्रे गाडी निर्माताले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण सुरु गरेको छ जुन आइकोनिक मार्भल सुपर हीरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर हो ।

    सुपरस्क्वाड संस्करण क्रमश आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन् । यो संस्करणले उत्पादनको डिजाइन मार्फत प्रत्येक मार्भल सुपर हीरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउने क्षेत्रिय प्रबन्धक पारिकले बताए । उनले स्कुटरको स्टाईल, उत्कृष्ट रेसिंग प्रेरित पर्फमेन्श र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजी र हामी मार्भल यूनिर्भस्प्रति एक मजबुत आकर्षण भएका नयाँ जेनेरेसनका ग्राहकहरुका लागि विकसित गर्न र उनीहरुको खुशी खोज्न जारी राख्ने जनाए ं। टिभीएस एनटर्क १२५ को मार्भल अभेन्जर्सबाट प्रेरित सुपरस्क्वाड संस्करणको सुरूवातसँग नयाँ रेकर्ड बन्नेछ, उनले भने, ‘हामी विश्वस्त छौं कि सुपरस्क्वाड संस्करण ब्लकबस्टर हुनेछ ।’

    सार्वजनिक भएको पहिलो दिनमै बुटवलस्थित सोरुमबाट ३० वटा स्कुटरी विक्री भएको सोरुम इञ्चार्ज अर्यालले जानकारी दिए । स्कुटरको दररेट २ लाख ६६ हजार ९ सय रहेको भन्दै उनले हरेक खरिदमा ६ हजार रुपैयाँ छुटको व्यवस्था गरिएको बताए ।

    ब्ल्याक प्यान्थरबाट प्रेरित, यो संस्करण पर्पलको विविध रङको साथ जेट ब्लयाक रंगमा आउँछ । डेकल्सको ठूलो हिस्साको रूपमा स्कुटरमा ब्ल्याक प्यान्थर सूटका तत्वहरू छन् । सरगमीहरूका लागि थुप्रै सरप्राइजहरु ल्याउँदै यसले वकान्डाको सदाबाहार सिग्नेचर सलूट र उक्त क्यारेकटरको मार्भल यूनिभर्स्मा सुरुवात भएको वर्षलाई संकेत गर्ने नम्बर ६६ (१९६६) पनि समावेश गरिएको छ ।

    आइरन म्यानबाट प्रेरित भएर, यस डेकल्सले उसको रेड र गोल्ड सूटको झल्काउँदै यसलाई स्टेलर लुक दिन्छ । आइरन म्यान हेलमेट लेग शिल्डमा एम्बोस गरिएको छ, र आर्क रिएक्टर दुवै प्यानलमा छ । सरगामीहरूका लागि दुबै प्यानलहरूमा एक्सएक्सआईएक्स एन्क्रिप्शनमार्क गरिएको छ जसले फिडलरलाई दर्शाउँछ र आइरन म्यानको २९ औं सूट साथै उक्त क्यारेकटरको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई दर्साउने नम्बर ६३(१९६३) रहेको छ ।

    क्याप्टेन अमेरिकाबाट प्रेरित, स्कूटरले पहिलो एभेन्जरसँग सम्बन्धित नीलो, सेतो, रातो कलर टोनमा आउँछ । उक्त क्यारेक्टरमा अटल रहदैं, यसमा नम्बर ४१ (१९४१) रहेको छ जुन क्याप्टेन अमेरिकाको मार्भल यूनिभर्स्मा सुरुवात भएको वर्षलाई नम्बर हो । शिल्ड स्कुटरको फ्रन्टमा छ र यो संस्करणको दुवै प्यानलमा गर्वका साथ सुपर सोल्जर राखिएको छ ।

    सुपरस्क्वाड संस्करणको टिभीएस कनेक्ट एप स्मार्ट एक्सकनेक्ट द्वारा संचालित छ र क्यारेक्टरहरूद्वारा प्रेरित कस्टुमाइज्ड् यूजर इन्टरफेस (यूआई) को साथ आउँछ । एप सम्बन्धित पात्रहरूको सिल्हूटसँग खुल्छ र त्यसपछि क्याप्टेन अमेरिकाको शिल्ड, आइरन म्यानको सूट र ब्ल्याक प्यान्थरको आँखाको साथ क्यारेक्टर क्रिष्टको साथ महत्वपूर्ण तत्वहरू एप इन्टरफेसमा एकरूप छन् । प्रत्येक एप स्क्रीनसुपर हीरोको एक अद्वितीय चरित्र विशेषतासंग चयन गरिएको छ, जसले यसलाई एक पूर्ण मार्भल अनुभव दिन्छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij