images

आइतवार, बैशाख २३ गते २०८१

प्रतिमान–नीमा प्रतिष्ठानद्वारा अर्घाखाँची अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

प्रतिमान–नीमा प्रतिष्ठानद्वारा अर्घाखाँची अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

images
images
images
बुधवार, आषाढ २३ २०७८
बुधवार, आषाढ २३ २०७८
  • प्रतिमान–नीमा प्रतिष्ठानद्वारा अर्घाखाँची अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

    अर्घाखाँची, २३ असार ।
    प्रतिमान–नीमा स्मृति प्रतिष्ठान, भैरहवाले सन्धिखर्कस्थित जिल्ला अस्पताल अर्घाखाँचीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रतिष्ठानले अक्सिजन सिलिण्डर ५ थान, अक्सिजन रेगुलेटर ५ थान ,अक्सिजन कन्सेन्टे«टर, ५ थान, आइसीयू बेड १ थान, सेनिटाइजर ५० लिटर, ५ सय थान सर्जिकल मास्क, मेडिकल टेन्ट सेट १ थान, फेससिल्ड १ सय  थान सर्जिकल ग्लोब्स १ सय थान लगायतका स्वस्थ्य सामाग्री कोरोना अस्पताललाई प्रदान गरेको हो ।

    कोरोना भाइरसको लहर अझै पनि कायम रहेकाले त्यसलाई मध्यनजर गर्दै अमेरिकास्थित प्रोजेक्ट होपको सहयोगमा अस्पतालको आवश्यकता अनुसार स्वास्थ्य सामग्री वितरण गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर केसीले जानकारी दिए ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्माले अहिलेसम्म जिल्लामा धेरै संघ–संस्था स्वास्थ्य सामाग्री वितरण गर्न आएता पनि अस्पताललाई तत्काललाई आवश्यक सामाग्री छ भनेर नआउने गरेकोमा प्रतिमान–नीमा स्मृति प्रतिष्ठान अस्पतालको आवश्यकता अध्ययन गरी स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यवाद समेत दिए ।

    अस्पतालका प्रमुख डा. कपिल गौतमले एक महिनासम्मको अध्ययनपछि अन्य संघ–संस्थाले दिएको स्वास्थ्य सामग्री भन्दा फरक सामाग्री अस्पतालमा भित्र्याउन सफल भएको बताए ।

    कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक, अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल लगायतले बोलेका थिए । जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij