images

आइतवार, बैशाख २३ गते २०८१

बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत हुन्छु : अर्थमन्त्री पौडेल

बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत हुन्छु : अर्थमन्त्री पौडेल

images
images
images
बुधवार, आषाढ २३ २०७८
बुधवार, आषाढ २३ २०७८
  • बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत हुन्छु : अर्थमन्त्री पौडेल

    काठमाडौं, २३ असार ।

    उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने बताएका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को अर्थ मन्त्रालयसंग सम्बन्धित कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नु र्ने सबै काम र सहयोग गर्ने बताए । सबैसंगको समन्वयमा बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउने सकिने भन्दै उनले बजेट प्रस्तुत हुन्छ, कार्यान्वयन हुँदैन भन्ने विगतका मानकमा परिवर्तन गरी बजेट प्रस्तुत हुन्छ र कार्यान्वयन पनि हुन्छ भन्ने मानक स्थापित हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    उपप्रधानमन्त्री पौडेलले आगामी वर्षको बजेट कार्यान्वयनको अहिले तयारी भइरहेकाले साउनदेखि नै बजेट कार्यान्वयनले गति लिने विश्वास व्यक्त गरे । उनले कुनै पनि प्रकारको कमजोरी हुन नदिने गरी जिम्मेवारी निर्वाह गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

    अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले साउन १ गतेदेखि नै आगामी वर्षको बजेट कार्यान्वयनका लागि बलियो आधार तयार भएको भन्दै आ–आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न जरुरी रहेको बताए । उनले कार्यसम्पादन सम्झौताले अनुगमन गर्न पनि सहज बनाएको धारणा व्यक्त गरे ।

    राजस्व सचिव रामशरण पुडासैनीले कार्य सम्पादन सम्झौताले उत्तरदायी र जिम्मेवारी बढाएको भन्दै त्यसले नतिजा बढाउन सहयोग पुगेको बताए । उनले कार्यसम्पादन सम्झौता देखाउन र प्रचार गर्नका लागि नभएर प्रतिष्पर्धाको भावना बढाउन भएकाले सोही अनुसार प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

    महालेखा नियन्त्रक मधु मरासिनीले तल्लो तहसम्म कार्य सम्पादन सम्झौता गरी बजेटमार्फत घोषित कार्यक्रमहरु पूरा गर्ने बताए ।

    अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले आगामी वर्षको बजेट कार्यान्वयनका तयारीका सन्दर्भमा विभिन्न मन्त्रालयहरुसंग छलफल गरिएको, आवश्यक निर्देशिकाहरु निर्माण भइरहेको जानकारी दिए । उनले कार्यसम्पादन सम्झौताले उन्नत खालको परिणाम ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्रीसंग अर्थ सचिव, राजस्व सचिव र महालेखा नियन्त्रकले कार्य सम्पादन सम्झौता गरेका हुन् । यस्तै सचिवसंग महाशाखा प्रमुख र विभागीय प्रमुखहरुले कार्यसम्पादन सम्झौता गरेका थिए ।  

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij