images

आइतवार, बैशाख २३ गते २०८१

प्रतिमान–नीमा प्रतिष्ठान र प्रोजेक्ट होपद्वारा प्रधानमन्त्री ओलीसंग भेटघाट

प्रतिमान–नीमा प्रतिष्ठान र प्रोजेक्ट होपद्वारा प्रधानमन्त्री ओलीसंग भेटघाट

कोरोनाविरुद्धको खोपका लागि पहल गरिने

images
images
images
बुधवार, आषाढ २३ २०७८
बुधवार, आषाढ २३ २०७८
  • प्रतिमान–नीमा प्रतिष्ठान र प्रोजेक्ट होपद्वारा प्रधानमन्त्री ओलीसंग भेटघाट

    भैरहवा, २३ असार ।
    प्रतिमान–नीमा स्मृति प्रतिष्ठान, भैरहवा र अमेरिकास्थित प्रोजेक्ट होपका प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाट कार्यक्रममा प्रतिष्ठानले गरेका कार्यक्रमहरुबारे प्रम ओलीलाई जानकारी गराइएको छ । प्रतिष्ठानका अध्यक्ष विजया केसीले प्रतिष्ठानको स्थापना गर्नुको उद्देश्य र हालसम्म प्रतिष्ठानमार्फत भए गरेका कामको बारेमा जानकारी गराएकी थिइन् ।

    images
    images
    images

    प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री दिपक बोहराले संस्थाको बारेमा जानकारी गराउँदै कोभिड–१९ विरुद्ध प्रतिष्ठानले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले कोभिड–१९ को संक्रमण फैलिएपछि प्रतिष्ठानले नेपाल भारत सीमामा अलपत्र नागरिकको व्यवस्थापनका लागि क्वारेन्टिन बनाउन प्रतिष्ठानको भवन दिएको बताइन् । उनले होल्डिङ सेन्टरका लागि समेत प्रतिष्ठानको भवन परिसर उपलब्ध गराइएको जानकारी दिइन् । क्वारेन्टिनमार्फत ९ महिनाको अवधिमा २५० बढी र होल्डिङ सेन्टरमार्फत २५ हजार बढीलाई सेवा प्रदान गरिएको उनले जानकारी दिइन् । 

    त्ससै गरी प्रोजेक्ट होपको सहयोगमा कोभिड–१९ विरुद्ध लड्न र कोरोनाविरुद्धको खोपसम्बन्धि ५ हजार स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको बताइन् । थापाका अनुसार तालिम निरन्तर सञ्चालन भइरहेको छ । जुलाई महिनाभित्र चार्टर उडानमार्फत अमेरिकाको वासिङ्टनबाट ठूलो संख्यामा स्वास्थ्य सामग्री नेपाल आउने र त्यसको लागि प्रतिमान–नीमा प्रतिष्ठानले प्रोजेक्ट होपसंग सम्झौता गरिसकेको थापाले बताइन् । उक्त स्वास्थ्य सामग्री नेपालका ७ वटै प्रदेशमा वितरण गरिने उनले जानकारी दिइन् । खोपको लागि समेत प्रतिष्ठानले पहल गरेको उनले बताइन् ।

    प्रोजेक्ट होप नेपालको लिड एमलिजा दुकोबस्की प्रतिमान–नीमा स्मृति प्रतिष्ठानसंग दीर्घकालिन समन्वय गरेर नेपाल सरकारलाई सहयोग गर्ने बताइन् । उनले नेपालमा कोरोनाविरुद्धको खोपको अभाव रहेकाले प्राजेक्ट होपले खोप उपलब्ध गराउन पहल गर्ने बताइन् । उनले कोभिड–१९ विरुद्ध र मानसिक स्वास्थ्य सम्बन्धि तालिम प्रदान गरिने जानकारी दिइन् । सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले प्रोजेक्ट होपको सहयोग प्रतिष्ठानको पहलप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

    कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरणको महामारी समुदायस्तरमा फैलिरहेको कारणले उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गरी राज्यलाई सहयोग पुर्याउने उद्देश्यले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले सरकारी अस्पताल तथा कोभिड–१९ विशेष अस्पतालहरुलाई सहयोग जुटाउन सुरु गरेको थियो ।

    प्रोजेक्ट होपको सहयोगमा प्राप्त भएका स्वास्थ्य सामग्री लुम्बिनी प्रदेशका १२ जिल्लाका १३ वटा सरकारी अस्पतालहरुमा कोभिड–१९ विरुद्ध लड्नका लागि स्वास्थ्य सामाग्रीहरुको व्यवस्था गरी प्रतिष्ठानले असार २ गते बुधबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठबाट स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमको सुरुवात भएको  थियो ।

    pic 2.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij