images

आइतवार, बैशाख २३ गते २०८१

रोट्रयाक्ट लुम्बिनी बुद्धको प्रथम साधारणसभा सम्पन्न

रोट्रयाक्ट लुम्बिनी बुद्धको प्रथम साधारणसभा सम्पन्न

images
images
images
बुधवार, आषाढ २३ २०७८
बुधवार, आषाढ २३ २०७८
  • रोट्रयाक्ट लुम्बिनी बुद्धको प्रथम साधारणसभा सम्पन्न

    भैरहवा, २३ असार ।
    रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धको प्रथम साधारण सभा सम्पन्न भएको छ । क्लवका संस्थापक अध्यक्ष कपिल चापागाईको अध्यक्षता, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर वर्ष २०२१/२२ का अध्यक्ष राजनजंग राणाको प्रमुख आतिथ्यता, रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानका डीआरआर इन्भोय प्रकाश शर्मा, जोन १८ का जेडआरआर बाबुराम खनालको विशिष्ट आतिथ्यता, रोटरी क्लब अफ लुम्बिनीका वर्ष २०२०/२१ का  अध्यक्ष तथा क्लबका सल्लाहकार प्रकाश पोख्रेल, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका वर्ष २०२२/२३ का निर्वाचित अध्यक्ष तथा क्लबका अध्यक्ष सल्लाकार भोजेन्द्र खत्री, क्लबका स्वास्थ्य सल्लाकार प्रा. डा. लक्ष्मी पाठकको उपस्थितिमा सम्पन्न भएको हो ।

    images
    images
    images

    कार्यक्रममा वर्ष २०२१/२२ को लागि गरिने कार्ययोजना तथा आर्थिक योजना सर्वसम्मतिले पारित गरेको छ । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर वर्ष २०२१/२२ का अध्यक्ष राजनजंग राणाले आगामी वर्षमा रोटरी र  रोट्रयाक्टबीच थप सहकार्य हुने बताए । कार्यक्रममा बोल्दै प्रकाश पोख्रेलले क्लबले हालसम्म गरेका कार्यहरु राम्रो रहेका र वार्षिक कार्ययोजनाका कार्यहरुलाइ पुरा गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    डीआरआर इन्भोय प्रकाश शर्माले हालै स्थापना भएको क्लब भए पनि गरेका कार्यहरु उत्कृष्ट रहेको र आगामी दिनहरुका पनि यस्तै कार्यहरु गदै समाजमा रोट्रयाक्टलाई थप उचाईमा लैजानुपर्ने बताए । रोहित बेल्बासेको स्वागत, मनिष सापकोटाको धन्यवाद ज्ञापन तथा अरुण अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij