images

शनिवार, बैशाख २२ गते २०८१

लायन्स डिष्ट्रिक्ट ३२५ बी २ का द्वितीय भाइस गभर्नर न्यौपानेलाई सम्मान

लायन्स डिष्ट्रिक्ट ३२५ बी २ का द्वितीय भाइस गभर्नर न्यौपानेलाई सम्मान

images
images
images
आइतवार, आषाढ २० २०७८
आइतवार, आषाढ २० २०७८
  • लायन्स डिष्ट्रिक्ट ३२५ बी २ का द्वितीय भाइस गभर्नर न्यौपानेलाई सम्मान

    भैरहवा, २० असार ।
    लायन्स क्लब अफ भैरहवा गौतमबुद्धले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ नेपालका द्वितीय भाइस गभर्नर नवराज न्यौपानेलाई सम्मान गरेको छ । द्वितीय भाइस गभर्नरमा निर्वाचित न्यौपानेलाई क्लबले भैरहवामा एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले लायन्स क्लबले कोरोना महामारीमा धेरै कामहरु गरेको बताए । उनले लायन्स क्लब अफ भैरहवा गौतमबुद्धले वृद्धाश्रममा खिचडी खुवाउने कार्यक्रम, विद्यालयमा शैक्षिक सामग्री वितरण तथा स्वास्थ्य शिविर जस्ता महत्वपूर्ण सामाजिक कार्य गरेको बताए । द्वितीय भाइस गभर्नर न्यौपानेले १९८६ सालमा स्थापना भएका लायन्स क्लब अफ सिद्धार्थनगर दुईवटा डिष्ट्रिक गभर्नर पाइसकेको र आगामी दिनमा पनि क्लबले डिष्ट्रिकको नेतृत्व लिने बताए । उनले देखिने गरी राम्रो काम गर्न लायन्स क्लबहरुलाई आग्रह गरे । लायन्स क्लब अफ भैरहवा गौतमबुद्धलाई आफ्नो साथ र सहयोग निरन्तर रहने उनको भनाइ थियो ।

    लायन्स क्लब अफ भैरहवा गौतमबुद्धका संस्थापक (वर्ष २०२०/२१)का अध्यक्ष पिन्टु बनियाले भैरहवा क्षेत्रबाट लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ नेपालका द्वितीय भाइस गभर्नरमा निर्वाचित नवराज न्यौपानेलाई सम्मान गर्न पाउँदा गर्वको अनुभुति भएको बताए । उनले क्लबले सामाजिक क्षेत्रका कार्यहरुलाई निरन्तरता दिदै जाने बताए । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका संस्थापक सचिव रविकान्त उपाध्यायले लायन्स क्लब अफ भैरहवा गौतमबुद्ध धेरै राम्रा कार्यक्रमहरु सम्पन्न गरेको बताए । उनले भने, ‘जति धेरै लायन्स क्लबहरुको स्थापना हुन्छ, त्यति नै सेवाको हात अघि बढ्छ ।’ लायन्स क्लब अफ भैरहवा गौतमबुद्धका प्रथम उपाध्यक्ष उमाशंकर पाठकले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न ‘टीम वर्क’ को आवश्यकता रहेकोमा जोड दिए । 

    लायन्स क्लब अफ भैरहवा गौतमबुद्धका संस्थापक अध्यक्ष पिन्टु बनियाको अध्यक्षता, कार्यक्रम संयोजक गोविन्द प्रसाद गुप्ताको स्वागत, कोषाध्यक्ष कृपा श्रेष्ठको ध्वजा अभिवादन तथा सचिव दुर्गा प्रसाद कान्दुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सोही कार्यक्रममा कोरोना महामारीमा कोभिड अस्पताल स्थापना, निःशुल्क खाना वितरण, खाद्यान्न सामग्री वितरण तथा रक्तदान कार्यक्रम आयोजना गरी सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै लायन्स क्लब अफ भैरहवा गौतमबुद्धका प्रथम उपाध्यक्ष उमाशंकर पाठकलाई सम्मान गरिएको थियो । उनले प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ नेपालका द्वितीय भाइस गभर्नर नवराज न्यौपाने सम्मान गरेका थिए । 

    IMG_9338.JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij