images

बुधवार, बैशाख १९ गते २०८१

लकडाउनको स्वरुप परिवर्तन गरी उद्योग व्यवसाय सञ्चालनको वातावरण मिलाउन माग

लकडाउनको स्वरुप परिवर्तन गरी उद्योग व्यवसाय सञ्चालनको वातावरण मिलाउन माग

images
images
images
आइतवार, भाद्र १४ २०७७
आइतवार, भाद्र १४ २०७७
  • लकडाउनको स्वरुप परिवर्तन गरी उद्योग व्यवसाय सञ्चालनको  वातावरण मिलाउन माग

    भैरहवा, १४ भदौ । 
    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले लकडाउन र निषेधाज्ञाको विकल्प खोजी उद्योग व्यवसाय सञ्चालनको लागि वातावरण मिलाइदिन आग्रह गरेको छ । संघले आर्थिक गतिविधि पूर्ण रुपमा चलायमान गराउँदै कोरोना संक्रमणबाट बच्ने र बचाउने सुरक्षाका उपाय एवं सामाजिक दुरी कडाइका साथ कायम राख्ने गरी व्यापार व्यवसाय सञ्चालनको वातावरण मिलाउन आग्रह गरेको हो ।

    आइतबार संघले जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय रुपन्देही र सिद्धार्थनगर नगरपालिका कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै लकडाउन वा निषेधाज्ञा मात्र कोरोना भाइरस संक्रमण रोकथामको विकल्प हुन नसक्ने भएकोले अन्य राष्ट्रहरुमा समेत सुरक्षित रहँदै आर्थिक गतिविधि बढाइरहेको अवस्थालाई मध्यनजर गरी उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने माग गरेको हो ।

    अब पनि फेरी निषेधाज्ञाको समय थप गर्दै जाँदा लगातारको बन्दले उद्योगी व्यवसायीहरु ज्यादै मर्कामा पर्ने तथा बैंक तथा वित्तीय संस्थाहरुमा नगद कारोबार समेत बन्द हुँदा श्रमिकहरुको ज्याला भुक्तानीमा समस्या रहेकोले लकडाउन र निषेधाज्ञाको विकल्प खोज्न माग गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए ।

    लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरिखाने वर्गको विचल्ली भएको तथा उद्योग, ब्यवसाय क्षेत्र लामो बन्दको कारण आर्थिक गतिविधि ठप्प हुदाँ विद्युत, घरभाडा, बैंक ब्याज, कर्मचारीको तलब भुक्तानी गर्न नसक्ने अवस्था हुन पुगेको र यसबाट बेरोजगारी र उद्योगी–व्यवसायी पलायन हुने अवस्था देखिएको न्यौपानेले बताए । 

    कोरोना भाइरस संक्रमणको रोकथामको लागि रुपन्देही जिल्ला बेलहिया नाका लगायत सबै सिमा क्षेत्रहरुमा कडा निगरानी राखी आवतजावत व्यवस्थित बनाउनपर्ने, कोभिड–१९ बाट र बच्ने तरिका बारेमा व्यापक रुपमा जनचेतनामूलक कार्य गर्नुपर्ने, मास्क नलगाई हिडडुल गर्नेलाई जरिवाना गरिनुपर्ने, अस्पतालको राम्रो प्रबन्ध गरिनुपर्ने, व्यवस्थित क्वारेन्टिन र आइसोलेसन कक्षहरुको निर्माण गरिनुपर्ने, संक्रमितहरु भएको स्थान वरपर पीसीआर परीक्षण प्रत्येक वडामा गरिनुपर्ने माग संघको सुझाव छ ।

    images
    images
    images

    ‘स्मार्ट लकडाउनको नाममा सिद्धार्थनगर नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयबाट गत साउन ३१ गतेदेखि लागु हुने करिब १५ दिन लामो  निषेधाज्ञाको पूर्ण रुपमा पालना गरी आम नागरिक तथा सबै उद्योगी व्यवसायीहरुले आ–आफ्नो दैनिकी तथा व्यापार व्यवसाय बन्द गरी स्थानीय सरकार तथा प्रशासनलाई कोरोनासंगको लडाइको आवश्यक तयारी सीमा नाकाबाट आवत जावत व्यवस्थापन समुदायमा पीसीआर परीक्षण, आवश्यक आइसोलेसन कक्षहरु र भेन्टिलेटरको व्यवस्था गर्न घरमै बसी सहयोग गरिरहेका अवस्थामा हामी स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयबाट ती आधारभुत तयारी भइसकेकोमा विश्वस्त छौ, ज्ञापनपत्रमा उल्लेख छ ।

     
                                                                    




    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij