२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

विभिन्न कार्यक्रम गरी मनाइयो घरबहाल सरोकार महासंघको स्थापना दिवस 

शुक्रवार , आषाढ १८, २०७८

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • बुटवल, १८ असार । 
    ‘सुरक्षित, मर्यादित र भेदभाव रहित घरबहाल क्षेत्र, बहाल क्षेत्र सबैको सरोकार– मानव अधिकारको रक्षा मुल आधार’ भन्ने राष्ट्रिय नाराका साथ शुक्रबार घरबहाल सरोकार महासंघ नेपालको ११ औं स्थापना दिवस मनाइएको छ । स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाका विभिन्न वडामा भाडामा बस्ने कोभिड प्रभावित अतिविपन्न २५ परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको छ । कोभिड संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण रोजगारी गुमाई समस्यामा परेका परिवारलाई खाद्यान्न लगायतका सामग्री प्रदान गरिएको हो ।

    सो अवसरमा राहत वितरण गर्दै संविधानसभा सदस्य विनोद पहाडीले कोभिड संक्रमणका कारण धेरै विपन्न परिवारले आफ्नो रोजगारी गुमाएको र कतिले उपचार अभावका ज्यान नै गुमाउनु परेको तीतो यथार्थ व्यक्त गरे । रोग र भोकले जनता भटाभट मर्दा पनि सरकारले जनताको जिउधनको रक्षाका लागि कुनै ठोस कदम चाल्न नसकेको उल्लेख गर्दै पहाडीले जनतालाई खोपको आवश्यकता र खानेकुराको समस्याप्रति सरकार उदासिन रहेको धारणा व्यक्त गरेका थिए । 

    यस्तै नेपाल घरबहाल सरोकार महासंघका निवर्तमान अध्यक्ष शंकर कोइरालाले बहालमा बस्नेहरुलाई सरकार र घरधनी दुवैले दोस्रो दर्जाको नागरिक ठान्ने प्रवृृत्ति रहेको चर्चा गर्दै बहालमा बस्नेहरुको अधिकारका लागि सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।

    नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महासंघका केन्द्रिय सचिब राजु लिगल, रुपन्देहीका संस्थापक अध्यक्ष लेखनाथ भण्डारी, जिल्ला सल्लाहकार गणेशसिंह भण्डारी, जिल्ला सदस्य दिपक पौडेल लगायतले घरबहाल क्षेत्रका समस्या र समाधानका उपायहरुबारे चर्चा गरेका थिए ।