भैरहवा, १८ असार ।
प्रहरीले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–१० बेमतेनीका १८ वर्षिय दिल बहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका–९ भलवाडका २४ वर्षिय रमेश बहादुर आचार्य र वाणगंगा–९ जिनुवाका २५ वर्षिय रमेश मरासिनी रहेको प्रहरीले जनाएको छ ।
बिहीबार राती ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका १० स्गिथत बेमतेनीमा इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजाल समेतको टोलीले चेकजाँच गर्ने क्रममा तीन जनाको साथबाट लागूऔषध फेला पारेपछि पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ५ ग्राम ५ सय मिलीग्राम खैरौ हिरोइन फेला पारेपछि उक्त लागुऔषध बरामद गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । पक्राउ परेका तीनै जनालाई रुपन्देही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा पाँच दिनको म्याद थप अनुमति लिइ उनीहरुमथि थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए ।