२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

शुभअवसर ग्राम नेपालद्वारा पालिकाहरुलाई स्वच्छता सामग्री हस्तान्तरण

शुक्रवार , आषाढ १८, २०७८

  • 5.9K
    Shares
  • 5.9K
    Shares
  • भैरहवा,  १८ असार ।
    शुभअवसर ग्राम नेपाल भैरहवाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, रोहिणी र मर्चवारी गाउँपालिकालाई कोभिड – १९ प्रतिकार्यका लागि मास्क, स्यानिटाइजर लगायतका स्वच्छता सामग्रीहरु हस्तान्तरण गरेको छ । गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशनको आर्थिक सहयोगमा शुभ अवसर ग्राम नेपालद्धारा सञ्चालित अन्तरसीमा मानव बेचबिखनविरुद्धको परियोजना अन्तरगत कोभिड–१९ प्रतिकार्य योजनाबाट १ लाख ८६ हजार १ सय २० रुपैयाँ बराबरको स्वास्थ्य तथा स्वच्छता सामग्री हस्तान्तरण गरिएको हो ।

    प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुलाई ५ हजार वटा फेस मास्क, २५ लिटर ह्याण्ड स्यानिटाईजर, १ हजार जोडी ह्याण्ड ग्लब्स, १० वटा पीपीई सेट, २० वटाटा फेस शिल्ड, १० वटा डिटोल ह्याण्ड वास, १ सय ओटा एन. ९५ मास्क हस्तान्तरण गरिएको छ । 

    यस अघि संस्थाले रुपन्देही जिल्लामा सुरक्षाकर्मीहरुलाई पनि स्वच्छता सामग्री हस्तान्तरण गरिसकेको छ । रुपन्देहीसहित अन्य जिल्लाहरुमा समेत स्वास्थ्य संस्थाहरुलाई कोभिड–१९ को प्रभावकारी प्रतिकार्य तथा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि आवश्यक स्वच्छता तथा मेडिकल सामग्रीहरु पनि वितरण गरिने योजना रहेको संस्थाका परियोजना अधिकृत सत्यनारायण यादवले बताए । 

    त्यस्तै कोभिड–१९ प्रतिकार्य योजना अन्तरगत नै सिद्धार्थनगर नगरपालिका, मर्चवारी र रोहिणी गाउँपालिकामा अति गरिब, विपन्न, पछाडि पारिएका, हिंसा र शोषणमा परेका तथा होटेल, क्यासिनो डान्सबार लगायत मनोरञ्जन क्षेत्रमा कार्यरत कोभिड–१९ बाट प्रभावित अतिगरिब, दलित, विपन्न महिला तथा किशोरीहरुलाई खाद्यान्न सामग्रीहरु वितरण गरिने योजना रहेको संस्थाले जनाएको छ ।