२०८३, आषाढ ३० गते

Jul 14 2026 | २०८३, आषाढ ३० गते

पाँच उत्कृष्ट किसान पुरस्कृत

शुक्रवार , आषाढ १८, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • बागमती, १८ असार ।
    बागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय हेटौँडाले यस वर्ष उत्कृष्ट किसानको छनोट गरेर सो पुरस्कार प्रदान गरेको हो  ।

    पुुरस्कृत हुनेमध्ये पहिलो स्थानमा नोबेल एग्रीकल्चर फर्म चितवनका कृष्णप्रसाद न्यौपाने, दोस्रोमा एसएस कटफ्लाओर नर्सरी काठमाडौँका अन्जना आचार्य, तेस्रोमा लालीगुराँश डेरी फार्म एण्ड रिर्सच सेन्टर चितवनका कृष्ण भण्डारी, चौथोमा एग्रो एण्ड लाइभस्टक नेपाल प्रालि रामेछापका राजनबहादुर लामा र पाँचौ स्थान हुनेमा मेलापात अर्गानीक एग्रो फार्म भक्तपुरका कबिन्द्र श्रेष्ठ रहेका छन् ।

    मन्त्रालयले प्रदेशभित्र किसानका विभिन्न विधाअन्तर्गत दूध उत्पादन, प्रशोधन, विविधकरण तथा बजारिकरण क्षेत्रमा अतुल्य योगदान पुयाउँदै आएका किसानलाई पुरस्कृत गरिएको हो । रासस