२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

ओमसतियालाई असार २३ सम्म गाउँसभा नगर्न उच्च अदालतको परमादेश

मंगलवार , आषाढ १५, २०७८

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • बुटवल, १५ असार ।
    उच्च अदालत तुलसीपुर बुटवल इजलासले रुपन्देहीको ओमसतिया गाउँपालिकाको गाउँसभा असार २३ गतेसम्म नगराउन परमादेश जारी गरेको छ । गाउँपालिका अध्यक्ष हिरा केवटले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट हिउँदे गाउँसभामा पारित नगरी योजना गाउँसभाको निर्णयविपरीत ल्याउन खोजेको भन्दै वडाअध्यक्षहरुले गाउंसभा रोक्न अदालतमा रिट निवेदन दिएका थिए ।

    उक्त रिटमाथी मंगलबार सुनुवाई गर्दै न्यायाधीश शिवराज अधिकारीको एकल इजलासले आगामी असार २३ गते दुवै पक्षलाई छलफलको लागि उपस्थित हुन सूचना दिनुको साथै २३ गतेसम्म गाउँपालिकाको गाउँसभा बैठक सञ्चालन नगर्न आदेश दिएको हो । गाउँपालिका कार्यालय समेत तीन जनालाई विपक्षी बनाई ओमसतिया वडा नम्बर १ का वडाअध्यक्ष बेल बहादुर बराल मगर निवेदक दिएको उक्त रिट निवेदनमाथि भएको बहस पछि उच्च अदालतले उक्त आदेश दिएको हो ।