
दुईवटा प्रक्रियामा
मंगलवार , आषाढ १५, २०७८
बुटवल, १५ असार ।
रोटरी क्लब अफ बुटवलले वर्ष २०२०/२१ मा ग्लोबल ग्रान्ट अन्तर्गत दुईवटा परियोजना शुभारम्भ गरेको छ । परियोजनाबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष सुनिल श्रेष्ठले ग्लोबल ग्रान्ट अन्तर्गत सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा अक्सिजन प्लान्ट स्थापना र शंकरनगर वनवाटिकामा ई–लर्निंग एण्ड साइन्स थिएटर सञ्चालनमा आएको बताए ।उनले ब्लड कलेक्शन मोबाइल भ्यान एक डेढ महिनाभित्रै सञ्चालनमा आउने र लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्यान्सर स्क्रिनिंग सेन्टर स्थापनाको प्रक्रिया अघि बढेकाले निकट भविष्यमै यो परियोजना पनि सञ्चालनमा आउने बताए । उनले सञ्चालनमा आएका दुईवटा परियोजनामा रोटरीले एक करोड भन्दा बढी लगानी गरेको र मोबाइल कलेक्शन भ्यानका लागि ६० लाख लगानी रहेको बताए ।
कार्यक्रमको उद्घाटन भर्चुअल रुपमा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२०–२१ का डिष्ट्रिक गभर्नर राजीव पोखरेलले गरेका थिए । त्यस अवसरमा बोल्दै उनले रोटरी क्लव अफ बुटवल रिजन फाइभमै पहिलो नम्बरमा आउन सफल भएको भन्दै यो वर्ष पनि क्लबले महत्वपूर्ण सफलता हासिल गरेको बताए । उनले ग्लोबल ग्रान्ट अन्तर्गत दुईवटा महत्वपूर्ण परिजोजना सम्पन्न गरेकोमा क्लवलाई धन्यवाद दिंदै यसले सफलताको उचाई अरु बढाएको बताए ।
कार्यक्रममा क्लबका वर्ष २०२३/२४ का डिष्टिक गभर्नर राजेन्द्र ध्वजू, क्लवका पुर्व अध्यक्ष एवं क्लव मेन्टर कृष्णप्रसाद अर्याल, एजी खिमानन्द भुसाल र राजेन्द्र लम्साल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, क्लबका पुर्व अध्यक्ष नारायण प्रसाद पन्थ, सचिव रोम शर्मा, कोषाध्यक्ष खिमनारायण पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस अवसरमा रोटरी क्लव अफ बुटवलले नेपाल पत्रकार महासंघ रुपन्देहीलाई स्वास्थ्य सामग्री अन्तर्गत मास्क र सेनिटाइजर प्रदान गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij