images

शनिवार, बैशाख २२ गते २०८१

बाँदरको हैरानीले वैकल्पिक खेतीको अभ्यास

बाँदरको हैरानीले वैकल्पिक खेतीको अभ्यास

images
images
images
शुक्रवार, आषाढ ११ २०७८
शुक्रवार, आषाढ ११ २०७८
  • बाँदरको हैरानीले वैकल्पिक खेतीको अभ्यास

    पाल्पा, ११ असार ।
    पाल्पामा बाँदरले खेती खाएपछि कृषक हैरान छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा जिल्लाका अधिकांश स्थानमा बाँदरले खेती खाएर कृषकलाई दुःख दिने गरेको स्थानीयवासीले जनाएका छन् । कृषकले खेतवारीमा लगाएका अन्नबाली खाने तथा बाँदर कुरेर बसेका कृषकलाई आक्रमण समेत गर्न थालेको छ ।

    images
    images
    images

    जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास तथा जंगल नजिक रहेका बस्तीमा पसेर घरभित्रको अन्न समेत खाएर नष्ट पारेको कृषकको गुनासो छ । रामपुरको भुजात, आपचौर कटहरटार, एक्लेटार, प्याक्लुक, सेरा खटाङ, मलेङ, डिबिडी, बाहुनडाँडा, मौलाकालिका, सर्पराज लगायतका क्षेत्रमा कृषक बाँदरले खेती खाएपछि हैरान परेको गुनासो गर्छन् । 

    रामपुर नगरपालिका-८ का कृषक कृष्णप्रसाद घिमिरेले  लगाएको मकै नष्ट पारेपछि चिन्ता लागेको बताए । मकै छर्दा माटोमै बिउ निकालेर खाने र उम्रिएपछि उखेलेर खाने तथा मकै पाकेपछि पनि खाने गरेको उनले बताए । खेतमा लगाएका आलु, सिमी, बोडी, गोलभेँडा, प्याजलगायतका तरकारीदेखि आँप, लिचीलगायत फलफूल समेत बाँदरे नष्ट गरिदिएपछि किसानहरु हैरानमा रेका छन् । करीब एक सयको हाराहारीमा बाँदर आउने र पटकपटक लखेटे पनि दुःख दिन छाडेको छैन् ।

    अहिले मकैलगायत बोडी, काँक्रा, भिन्डीलगायतका तरकारी खेतवारीमा छन् । अहिलेसम्म आलोपालो गरेर बाँदर बिहानदेखि बेलुकासम्म कुरेपनि खाना खाएका बेला मौका छोप्ने गरेको कृषक गोविन्दप्रसाद घिमिरेको भनाइ छ । केही खेतहरु बाँझै रहेको कृषक बताउँछन् । बगनासकाली गाउँपालिका पाल्पाले बाँदर नियन्त्रणका निम्ति बजेट विनियोजन गरेर बाँदर नियन्त्रण समिति गठन गरेपनि खासै प्रभावकारी हुन सकेन ।

    रामपुर नगरपालिका पाल्पा बाँदर नियन्त्रणका लागी अनुरोध गर्दै दुई वर्षअघि नै कृषकले निवेदन दिएका थिए । नगरप्रमुख रमणबहादुर थापाले सोही वर्ष नै बाँदर नियन्त्रणका निम्ति रु तीन लाख बजेट विनियोजन गरे पनि कसरी लाग्ने मेसो नभएका कारण सो रकम विकास निर्माणका काममा खर्च गरिएको जानकारी दिएका थिए । केहीवर्ष अघि बेसार खेती गरेका जानकी अहिले केरा बिक्रीबाट वर्षमा लाखौं आम्दानी गर्छन् । वर्षेनी बाँदरले दुःख दिन थालेपछि त्यसक्षेत्रका कृषकले मकै खेती गर्नै छाडेको कृषक भट्टराई बताउँछन् । रम्भा गाउँपालिका-३ अगाहा खोला क्षेत्रमा भने महिलाले विकल्पको रुपमा निमुवा खेती गर्न थालेका छन् । बाँदरले कागती तथा निमुवा त्यति नरुचाउने भएका कारण पनि यसबाट आम्दानी लिन थालेको उनीहरुको भनाइ छ । 

    यसअघि टोलटोलमा हेरालु राख्न सम्भव नभएको नियन्त्रण गरेर संरक्षण गर्न पनि नसकिएकाले र गाउँपालिकाले कार्यक्रम नै बनाएर वन्यजन्तु संरक्षण तथा नियन्त्रणको योजना बताए पनि त्यसको कार्यान्वयनमा समस्या भएको अध्यक्ष भण्डारीको धारणा छ । रम्भाका कृषकलाई शतप्रतिशत अनुदानमा धानको बिउ वितरण, पालिकाको केही क्षेत्रमा कृषकलाई कृषिमा प्रोत्साहित गर्दै बंगुरपालन, भैंसीपालन, तरकारी खेती, कुरिलो खेती तथा सूर्यमूखी खेती र फलफूल पकेट क्षेत्रका रुपमा विकास गरिनेमा जोड दिइएको पालिकाले जनाएको छ ।
    पाल्पाको पूर्वखोलामा पनि बाँदरले खेती नष्ट पारेर हैरान पारेको क्षेत्रमा बेसार, अदुवालगायतका खेती गर्न पालिकाले प्रोत्साहित गर्दै आएको छ । पूर्वखोला गाउँपालिका ५ विरकोटमा करीब ३०० रोपनीभन्दा धेरै भिरालो खाली जग्गाहरुमा बेसार खेती गरिएको कृषक सावित्रा गैरे बताउँछिन् । स्थानीय जिबिएच महिला कृषक समूहलाई पालिकाले पहिलो वर्ष रु एक लाख बजेट उपलब्ध गराएपछि करीब तीन वर्षअघिदेखि बेसार खेती थालिएको गैरेले बताइन् ।

    समूहका अनुगमन समिती संयोजक चन्द्रकुमार बर्मेलीले शुरुमा अर्घाखाँची जिल्लाबाट बेसारको बिउ ल्याएर खेती शुरु गरिएको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १३० क्विन्टल बिउ आवश्यक भएपनि ४० क्विन्टल बिउ तयार पारिएको थियो । समूहले आव २०७६/७७ मा रु २३० देखि २४० का दरले रु ८० हजारको बेसार बिक्री गरेको थियो । 
    महिला कृषक समूहले बेसार पिस्नी मेसिन खरीद गरी गाउँमै पिसानी कार्यबाट आयआर्जनको बाटो समेत रोजेको छ । दुई लाख रुपैयाँको कोष खडा गरी बचत गर्ने बानीको समेत विकास गरिएको महिलाहरुले बताएका छन् । स्थानीयस्तरमा उत्पादन भएको बेसार रुपन्देहीको बुटवलसम्म कृषकले बिक्रीका लागि पु¥याउने गरेका छन् । पाल्पाको तानसेन नगरपालिकाका केही स्थान, माथागढी, पूर्वखोला, बगनासकाली, निस्दी, तिनाउ गाउँपालिका र रामपुर नगरपालिकासँगै जिल्लाका अधिकांश पालिकाका कृषक बाँदरबाट हैरान बनेको गुनासो गर्छन् । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij