२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

अर्घाखाँचीमा ५ हजार सवारी कारबाहीबाट ३५ लाख राजस्व संकलन

बुधवार , आषाढ ९, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • अर्घाखाँची, ९ असार ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले सवारीसाधन कारवाहीबाट चालु आर्थिक वर्षको साउन महिनादेखि जेठ मसान्तसम्म ३५ लाख ८३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा बस, जीप, कार, ट्रक, टेम्पो मोटरसाइकल गरी ५ हजार ६ सय ९ वटा सवारीसाधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब निरीक्षक प्रविण आचार्यले जानकारी दिए  ।

    त्यस्तै गत आर्थिक वर्ष ०७६/०७७ मा विभिन्न सवारी दुर्घटनामा परी ३२ जनाको मृत्यु भएकोमा यो आर्थिक वर्ष ०७७/०७८ को ११ महिनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ रहेको छ ।