२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

रामग्राम नगरपालिकाको नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणलाई जोड 

बुधवार , आषाढ ९, २०७८

नवलपरासी, ९ असार ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिदै आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रममा कोरोना रोकथाम तथा नियन्त्रण तथा उपचार कोष, स्वास्थ्य तथा शिक्षा, कृषि, पर्यटन र श्रम रोजगारलाई समेत प्राथमिकतामा राखेको छ ।

नगरपालिकाले प्रस्तुत गरेको नयाँ आर्थिक वर्षको कुल बजेट ७३ करोड ५२ लाख ६ हजारमध्ये प्रशासनिक खर्चतर्फ मात्रै सबैभन्दा बढी १६ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ भने पूर्वाधार निर्माणतर्फ १८ करोड २८ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।

त्यस्तै नगरपालिकाले कोरोनाबाट अभिभावक गुमाएका परिवारका लागि राहत कार्यक्रम ल्याएको छ । त्यसै गरी नगरको नीति तथा कार्यक्रममा रामग्राम स्तुप र पण्डितपुरको विकासका लागि समेत प्राथमिकता दिइएको छ । त्यस्तै एक वडा एक उत्पादन कार्यक्रम, मेयर युवा इलम कार्यक्रम, १ वडा १ नमुना पार्क निर्माण कार्यलाई समेत नगरपालिकाले प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।