२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

अर्घाखाँचीमा ५ हजार बढी सवारी कारबाही बाट ३५ लाख बढी राजश्व संकलन

बुधवार , आषाढ ९, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • अर्घाखाँची ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय  अर्घाखाँचीले सवारी साधन कारबाहीबाट चालु आर्थिक वर्षको साउन महिनादेखि जेष्ठ मसान्तसम्म ३५ लाख ८३ हजार ५ सय राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय  अर्घाखाँचीले जनाएको छ ।

    जसमा बस,जीप,कार, ट्रक ,टेम्पो मोटरसाइकल गरि ५ हजार ६ सय९ सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव निरिक्षक प्रविण आचार्य जानकारी दिए ।

    यस्तै गत आर्थिक वर्ष ०७६/०७७ मा विभिन्न सवारी दुर्घटनामा परि ३२ जनाको मृत्यु भएकोमा यो आर्थिक वर्ष ०७७/०७८ को ११ महिनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ रहेको छ ।