२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

कर नीति तथा आर्थिक अध्यादेश २०७८ बारे अन्तरक्रिया 

मंगलवार , आषाढ ८, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, ८ असार ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजना र आन्तरिक राजस्व कार्यालय सिद्धार्थनगर, रुपन्देहीको समन्वय तथा सहजीकरणमा समग्र कर नीति तथा आर्थिक अध्यादेश २०७८ द्वारा निर्देशित कर जरिवाना छुट एवं अन्य सुविधासम्बन्धी अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

    आर्थिक अध्यादेश २०७८ ले दिएका कर, राजश्वसम्बन्धि छुट तथा सहुलियत तथा समस्याहरुवारे उद्योगी व्यवसायीहरुलाई जानकारी दिने उद्देश्यले जुम मार्फत अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

    कार्यक्रममा बजेटमा उल्लेख भएका परिवर्तित कर तथा राजस्वसम्बन्धि प्रस्तुतिकरण आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख मुक्तिराम आचार्यले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, पदाधिकारी, कार्यसमिति सदस्यहरु गरी ८० जना उद्योगी व्यवसायीहरुको सहभागिता रहेको संघका कार्यकारी सचिव आनन्द खनालले जानकारी दिए ।