२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

रुपन्देहीमा निषेधाज्ञा केही खुकुलो, जोरविजोर प्रणालीबाट निजी सवारीसाधन चल्न पाउने

सोमवार , आषाढ ७, २०७८

  • 11.4K
    Shares
  • 11.4K
    Shares
  • भैरहवा, ७ असार ।
    रुपन्देहीमा असार १४ गतेसम्म पुनः निषेधाज्ञाको अवधि थपिएको छ । कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ अनुसार २०७८ वैशाख १५ गतेको आदेशलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । असार ८ गते बिहान ६ बजेदेखि असार १४ गते राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

     

     

    निषेधाज्ञामा बजार सञ्चालन गर्न समय तोकियो

    निषेधाज्ञालाई केही खुकुलो बनाउने गरी प्रशासनले मासु, माछा, तरकारी, फलफूल दुग्धजन्य सामग्री स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म र अन्य व्यवसाय बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्न पाइने जनाएको छ । त्यस्तै विकास निर्माणका कार्यलाई निरन्तरता दिन निर्माण सामग्री बोकेका सवारी साधन बेलुका ६ बजेदेखि बिहान ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

    सार्वजनिक सवारीसाधन सञ्चालन गर्न नपाइने  

    निषेधाज्ञाको अवधिमा सबै प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न, भेला, भिडभाड, महोत्सव जात्रा, सभा जुलुस लगायत भिडभाड हुने कुनै पनि क्रियाकलाप सञ्चालन गर्न नपाइने प्रशासनद्धारा सोमबार जारी सूचनामा उल्लेख छ । निजी सवारीसाधन दुई पांग्रे र चार पांग्रेको हकमा बढीमा चालकसकित ४ जना मात्र सवार गर्ने गरी जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सवारीसाधन सञ्चालन गर्ने तर सरकारी कर्मचारी परिचयपत्र र पोशाक लगाई कार्यालय जान आउन सक्ने प्रशासनले जनाएको छ ।१.jpg


    २.jpg

    ३.jpg

    ४.jpg

    ५.jpg