२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

छोटुको उपचारका लागि थप सहयोग जुट्दै

७ संस्थाले उपलब्ध गराए २ लाख ३० हजार ६ सय ६६

बिहिवार , भाद्र ११, २०७७

भैरहवा, ११ भदौ ।
आँपको रुखबाट लडेर टाउकोमा गम्भिर चोट लागि झण्डै तीन महिनादेखि उपचार गराइरहेका नवलपरासीको रामग्राम नगरपालिका–१७ देवगाउँ फुलवरियाका १७ वर्षिय छोटु सहानीको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ । छोटुको उपचारमा समस्याबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि बुधबारदेखि सहयोग जुट्न थालेको हो ।

भैरहवाको युनिभर्सल शिक्षण अस्पतालमा उपचारत सहानीकोे उपचार खर्च जुटाउनका लागि सञ्चालन गरिएको ‘छोटु सहानी बचाउ अभियान’ ले बिहीबार २ लाख ३० हजार ६ सय ६६ रुपैयाँ उपलब्ध गराएको छ ।

स्थानीय समाजसेवी रविकान्त उपाध्याय, अजय कुमार गुप्ता, विवेक जयसवाल, गौतम कुमार गुप्ता, धिरज मल्लिक लगायत युवाहरुको सक्रियतामा यो अभियान सञ्चालन गरिएको हो । उक्त रकम अस्पताल परिसरमा बिहीबार छोटुको आमा रमावती सहानीलाई हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध, लायन्स क्लव अफ भैरहवा युथ सहित ७ वटा संघ–संस्थाले छोटु उपचाररत भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा पुगेर उक्त रकम हस्तान्तरण गरेको लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु एरिया–४ का कोषाध्यक्ष गौतम कुमार गुप्ताले बताए । 

‘आर्थिक अभावका कारण उपचारमा समस्याबारे सञ्चारमाध्यमबाट जानकारी पाएपछि केही भए पनि उपचारमा सहजता प्रदान होस् भन्ने उद्देश्य क्लबबाट १ लाख १ हजार १ सय ११ प्रदान गरेका छौं, यसमा अन्य संघ–संस्थाहरुले पनि सहयोगी हात अगाडी बढाउनु भएको छ, उहाँहरुको साथ र सहयोगलाई धन्यवाद दिन चाहन्छौ, लायन्स सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०/२१ का अध्यक्ष अरुण कुमार मिश्राले भने ।’

बिहीबार लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले १ लाख १ हजार १ सय ११, लायन्स क्लब अफ भैरहवा युथले ३१ हजार १ सय ११, इनरह्वील क्लब अफ लुम्बिनी तथा मायादेवी च्यारिटेबल फाउण्डेशनले २५/२५ हजार, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलले २३ हजार ३ सय ३३, भैरहवा मर्निङ वाक ग्रुपले १५ हजार र लियो क्लब अफ सिद्धार्थनगर युथले १० हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेको लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका तृतीय उपाध्यक्ष समेत रहेका युवा समाजसेवी रविकान्त उपाध्यायले बताए । छोटुको घरायसी दयनीय अवस्थाका बारेमा जानकारी भएपछि लायन्स क्लव लगाएतका सामाजिक सस्था सहयोग उठाउने अभियानमा जुटेकाेे लायन्स क्लव अफ भैरहवा युथका अध्यक्ष विवेक जयसवालले उल्लेख गरे ।

अभियानमा सक्रिय अर्का युवा समाजसेवी अजय कुमार गुप्ताले छोटु र उनको पारिवारिक अवस्थाका बारेमा विभिन्न समाचार माध्यमबाट प्रकाशन भएपछि जानकारी भएको र अभियानमा जुट्न अभिप्रेरित भएको बताए ।

lions (6).jpgरकम हस्तान्तरण कार्यक्रममा लायन्स डिष्ट्रिक इन्टनरनेशनल ३२५ बी टु का स्ट्रटेजिक चिफ नवराज न्यौपाने, इभ्यालुयसन हेड विनोद खरेल, जोन चेयरपर्सन ओम जैसी, समाजसेवी ओमकार गौचन, लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई, संस्थापक अध्यक्ष माधव ढुंगाना लगायत सहयोगी सबै संघ–संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
छोटुको उपचारको लागि बुधबार मारवाडी युवा मञ्च भैरहवाले ५१ हजार १ सय र लायन्स क्लब अफ सिद्धार्थनगर युथले ३० हजार सय १ सय रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिसकेको छ । त्यस्तै मारवाडी युवा मंचले छोटुसंगै रहेका दुई जना विरामी कुरुवालाई बिहान सांझ खानपिनको समेत व्यवस्था गरेको मंचका अध्यक्ष मनोज अग्रवालले बताए ।

गत जेठ १२ गते आँपको रुखबाट लडेर घाइते भएका १७ वर्षिय छोटु विगत तिन महिनादेखि अस्पतालको बेडमा अचेत अवस्थामा छन् । उनको टाउकोको शल्यक्रिया गरिएको छ । विपन्न परिवारका सहानी परिवारलाई उपचारमा आर्थिक समस्याले थप पिरोलेको छ । छोटुका बुवा अमेरिका मजदूरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका छन् ।

सहानी परिवारमा एकपछि अर्को समस्या थपिदै गएको छ । छोराको उपचारका लागि उनको बुवा अमेरिका सहानीले भएको सबै जग्गा विक्री गरिसकेका छन् । अब सम्पत्तिको नाममा २ धुरमा बनेको कच्ची घर मात्र बाँकी रहेको बुवा अमेरिकाले बताए । सहानी परिवारले १० वर्ष अघि सर्पले टोकेर जेठो छोरा गुमाइसकेको छ । उपचारको लागि अब यो परिवारसंग खर्च गर्ने रकम छैन ।lions (2).jpglions (8).jpglions (3).jpglions (7).jpglions (1).jpg