२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

नेपालबाट भारततर्फ लैजादै गरिएको ३० क्वीन्टल केराउ बरामद

सोमवार , आषाढ ७, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ७ असार ।
     नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरिएको ३० क्वीन्टल (६० बोरा) केराउ प्रहरीले बरामद गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ मैनिहवास्थित लु १ ज २६४५ नम्बरको पिकअप जिपमा लोड गरी भारततर्फ लैजादै गरेको अवस्थामा फेला पारी केराउ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    शनिबार सांझ सवा ७ बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी अधिकृत समेतको कमाण्डमा खटिएको टोलीले २ लाख ४० हजार बराबरको केराउ र अन्दाजी १० लाख बराबरको पिकअप जीप गरी १२ लाख ४० हजार बराबरको अवैध सामान बरामद गरी आइतबार भैरहवा भन्सार कार्यालय पठाइएको डीएसपी थापाले जानकारी दिए ।




    अगाडी.jpg