२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

पाँच लाख बढीको अवैध सामान बरामद

शनिवार , आषाढ ५, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, ५ असार । 
    रुपन्देही प्रहरीले पाँच लाख बढीको सामान अवैध बरामद गरेको छ । जिप्रका रुपन्देही र वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले बिहीबार र शुक्रबार अवैध सामान बरामद गरेको हो ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ उदयपुर र वडा नम्बर १३ शान्तिनगरमा भारतबाट नेपालतर्फ भन्सार छली, चोरीपैठारी गरी अवैध सामानहरु ओसारपसार गरी ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    लु ४२ प २९७ र लु ४९ प १३६६ नम्बरको स्कुटीसहित रेडबुल ३५ काटुन, मोटरपार्टस, चिनी २० बोरा र भिजिटिङ कार्ड भैरहवा भन्सार कार्यालय बेलहिया तथा खसी ६ वटा र बोका ४ वटा बरामद गरी आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।