२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

निःशुल्क मास्क, सेनिटाइजर र पानी बाँड्दै अनेरास्ववियु–युवा संघ

शुक्रवार , आषाढ ४, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, ४ असार ।
    नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देही क्षेत्र नम्बर ३ र राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर, रुपन्देहीले भैरहवास्थित भीम अस्पतालमा उपचाररत बिरामी कुरुवाहरुलाई निःशुल्क मास्क, सेनिटाइजर र पानी वितरण गरिरहेको छ ।

    अस्पतालमा हेल्प डेस्क सञ्चालनमार्फत स्वास्थ्य सामग्री तथा पानी वितरण गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक भीम भण्डारीले बताए । ‘अनेरास्ववियुले स्थापनादेखि नै विद्यार्थीहरुको हकहितको लागि काम गर्दैै आएको छ, राष्ट्रिय युवा संघले पनि रचनात्मक काम गर्दै आएको छ, कोरोना महामारीमा अस्पतालमा उपचाररत बिरामीका कुरुवाहरुलाई केही भए पनि सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले हेल्प डेस्कको स्थापना गरेका हौं, ’उनले भने । यो कार्यक्रम असार १० गतेसम्म सञ्चालन हुने भण्डारीले जानकारी दिए ।

    वैशाख २६ गतदेखि सुरु गरिएको कार्यक्रम अन्तर्गत हालसम्म १ हजार ५ सय बढीलाई मास्क, सेनिटाइजर तथा पानी वितरण गरिएको राष्ट्रिय युवा संघका नेता सुवास पाण्डेले बताए ।

    यस अघि अनेरास्ववियु रुपन्देही क्षेत्र नम्बर ३ र राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर, रुपन्देहीले संयुक्त रुपमा  भैरहवामा रक्तदान कार्यक्रम गरेको एमाले युवा नेता वाई.पी. आचार्य ‘सुशान्त’ले बताए ।

    आगामी दिनमा पनि विभिन्न रचनात्मक कार्यहरुलाई अगाडी बढाउने अनेरास्ववियु केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का संयोजक सरोज ठकुरीले बताए ।