बिहिवार , आषाढ ३, २०७८
बुटवल, ३ असार ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा जनसंगठनहरुलाई बाढी पहिरो तथा डुबानमा परेका पीडितहरुलाई सहयोग तथा उद्धार कार्यमा लाग्न निर्देशन जारी गरेको छ ।
एमाले जिल्ला कमिटीको बुधबार बुटवलमा बसेको जिल्ला पदाधिकारीको विस्तारित बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्दै पीडितहरुको उद्दार कार्यको लागि पार्टी पंक्ति लगायत सम्पूर्णलाई सम्बन्धित सम्बन्धित स्थानमा परिचालित हुन अनुरोध गरेको छ ।
एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही इञ्चार्ज दधिराम न्यौपानेको प्रमुख आतिथ्यतामा बसेको बैठकले सम्पूर्ण पार्टी पंक्तिलाई प्राकृतिक प्रकोप तथा बाढीपीडितलाई सहयोग गर्न निर्देशन जारी गरेको हो ।
बैठकले प्राकृतिक प्रकोपबाट हुन सक्ने थप जनधनको क्षति एवं उच्च जोखिमबाट बच्न सर्तक र सचेत रहनका लागि समेत अनुरोध गरेको छ । त्यस्तै बैठकले देशका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते, पीडितहरुको लागि राहत र उद्धारका लागि तीनै तहका सरकारलाई ध्यानाकर्षण समेत गराएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij