मंगलवार , आषाढ १, २०७८
बुटवल।
लुम्बिनी प्रदेश सरकारले झण्डै ४१ अर्ब रुपैयाको बजेट पेश गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट पेश गरेका हुन्।
प्रदेश सभा बैठकमा मन्त्री चौधरीले चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख रहेको छ भने पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ रहेको जनाए। स्थानीय तहमा वित्तिय हस्तान्तरणका लागि ४ अर्व ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको मन्त्री चौधरीले जानकारी दिए।
सरकारले स्वास्थ्य, कृषि र शिक्षालाई प्राथमिकतामा राखेर बजेट घोषणा गरेको छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij