images

आइतवार, बैशाख १६ गते २०८१

लुम्बिनी प्रदेशको बजेट : कोभिड नियन्त्रण, पूर्वाधार विकास र कृषि रोजगारीमा जोड

लुम्बिनी प्रदेशको बजेट : कोभिड नियन्त्रण, पूर्वाधार विकास र कृषि रोजगारीमा जोड

images
images
images
मंगलवार, आषाढ १ २०७८
मंगलवार, आषाढ १ २०७८
  • लुम्बिनी प्रदेशको बजेट : कोभिड नियन्त्रण, पूर्वाधार विकास र कृषि रोजगारीमा जोड

    बुटवल, १ असार । 
    लुम्बिनी प्रदेश सरकारले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष का लागि बजेट प्रस्तुत गर्दैछ । लुम्बिनी प्रदेशकोे आर्थिक वर्ष २०७८/०७९ को बजेट आज मंगलबार ३ बजे प्रदेश सभामा प्रस्तुत गरिने प्रदेश सरकारले जनाएको छ । अनुमानित बजेटसंगै बिनियोजन बिधियक र खर्च बिधियक पनि प्रदेश सभामा पेश हुनेछ ।

    images

    बजेट गत आर्थिक वर्षकै हाराहारीमा आउने प्रदेश सरकारका प्रबक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए । बजेटमा कोभिड नियन्त्रण, पूर्वाधार विकास र कृषि क्षेत्रमा रोजगारी सिर्जना हुने खालका कार्यक्रमलाई प्राथमिकता दिइएको मन्त्री चौधरीले जानकारी गराए । 

    हालको मुख्य समस्याका रुपमा रहेको कोभिड महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक व्यवस्था मिलाउन प्रयाप्त बजेट बिनियोजन गरिएको मन्त्री चौधरीले बताए । कोभिड महामारीका कारण स्वास्थ्य क्षेत्र निकै प्रभावित भएकोले स्वास्थ्य क्षेत्रको उचित व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा परेको मन्त्री चौधरीले जानकारी दिए । 

    मन्त्री चौधरीका अनुसार प्रदेशको स्थायी राजधानीमा पूर्वाधार विकास निर्माण र विगतका क्रमागत विकास आयोजना लगायतका शिर्षकमा पनि प्रयाप्त बजेट बिनियोजन गरिएको छ । कोभिडले थला परेको शिक्षा क्षेत्रको समयानुकल विकास र कृषिमा रोजगारीका अवसरहरु सिर्जना गर्ने खालका नयाँ योजनाहरु पनि बजेटमा राखिएको मन्त्री चौधरीको भनाइ छ । साथै सडक पुर्वाधार, खानेपानी, सिंचाई लगायतका शिर्षकमा पनि आवश्यक बजेट विनियोजन गरिएको छ। 

    गत आर्थिक वर्ष २०७७/०७८ का लागि लुम्बिनी प्रदेश सरकारले ३६ अर्व, ३५ करोड, २५ लाख बजेट विनियोजन गरेको र लगभग त्यसकै हाराहारीमा आगामी आर्थिक बर्षको बजेट आउने मन्त्री चौधरीले संकेत गरेका छन् । संचार संस्था र संचारकर्मीहरुका लागि पनि यसपटकको बजेटमा बिशेष व्यवस्था गरिएको मन्त्री चौधरीले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij