images
images

आइतवार, जेठ ६ गते २०८१

घ्यू तथा  खाने तेलमा अत्यधिक मूल्यवृद्धि

घ्यू तथा  खाने तेलमा अत्यधिक मूल्यवृद्धि

images
images
images
सोमवार, जेठ ३१ २०७८
सोमवार, जेठ ३१ २०७८
  • घ्यू तथा  खाने तेलमा अत्यधिक मूल्यवृद्धि

    काठमाडौं, ३१ जेठ ।
    घ्यू तथा खाने तेलमा अत्याधिक मात्रामा मूल्यवृद्धि भएको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ ।

    images
    images
    images

    बैंकका अनुसार २०७७ को वैशाखको तुलनामा गत वैशाखमा  मासु तथा माछामा १७.१२ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थमा ९.८५ प्रतिशत  र सुर्तीजन्य पदार्थमा ९.८४ प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ ।

    यस्तै, वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको छ ।  सो अवधिमा महिनामा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

    थोक मुद्रास्फीतितर्फ गत वैशाखमा ८.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो । सो अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.८० प्रतिशत, ८.९८ प्रतिशत र ३.६२ प्रतिशत रहेको छ । यस्तै,  निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.४४ प्रतिशत रहेको छ । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij