images
images

आइतवार, जेठ ६ गते २०८१

अर्घाखाँचीमा एक साता निषेधाज्ञा थप

अर्घाखाँचीमा एक साता निषेधाज्ञा थप

images
images
images
सोमवार, जेठ ३१ २०७८
सोमवार, जेठ ३१ २०७८
  • अर्घाखाँचीमा एक साता निषेधाज्ञा थप

    अर्घाखाँची, ३१ जेठ ।
    अर्घाखाँचीमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थपेको छ । आज राति १२ बजेबाट लागु हुने गरी ७ दिनकोे लागि निषेधाज्ञा पुन थप गरिएको हो । 

    images
    images
    images

    निषेधाज्ञामा औषधि पसल २४ सै घण्टा खुला हुनेछन् भने किराना पसल र अत्यावश्यक सामग्रीका पसल मात्र बिहान ९ बजेसम्म खुल्दै आएकोमा भोलिदेखि होटल, रेष्टुरेण्ट, व्युटी पार्लर र शैलुनबाहेकका सबै पसल बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

    विद्यालय, कलेज र सार्वजनिक सवारीसाधनहरु पूर्ण रुपमा बन्द रहने छन् । त्यस्तै मठ मन्दिर तथा धार्मिक स्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पूजाबाहेक अन्य सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधिहरु बन्द हूने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

    जिल्लामा कुल कोरोना संक्रमितको संख्या २३ सय ५७ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार १० पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ८५ पुगेको छ । 

    त्यस्तै कोरोना संक्रमणबाट हालसम्म जिल्लामा मृत्यु हुनेको संख्या ६२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij