images
images

आइतवार, जेठ ६ गते २०८१

सामाजिक उत्तरदायित्व बहन गर्दै सिजि 

सामाजिक उत्तरदायित्व बहन गर्दै सिजि 

images
images
images
सोमवार, जेठ ३१ २०७८
सोमवार, जेठ ३१ २०७८
  • सामाजिक उत्तरदायित्व बहन गर्दै सिजि 

    बुटवल, ३१ जेठ ।
    दोस्रो चरणको कोभिड संक्रमणमा संक्रमितमा अक्सिजन अति आवश्यक देखियो । अक्सिजन अभावकै कारण धेरैले ज्यान गुमाए । यस्तो बेला व्यवसायिक घराना सिजि फुड्स इन्टरप्राइजेज प्रा.लि., कर्णाली प्रदेशले सामाजिक उत्तरदायित्व अन्तरगत अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रम जारी राखेको छ । सोमबार बासगढी स्वास्थ्य केन्द्रलाई २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । 

    एक कार्यक्रमकाबीच प्रा.लि.को बर्दियाका कम्पनी प्रमुख राजिवसिह राजपुत, बासगढी नगरपालिकाका प्रमुख शालिक राम अधिकारी, इलाका प्रशासन कार्यालयका प्रमुख डिल्लीराम आचार्य, इलाका प्रहरी कार्यालयका प्रमुख विरेन्द्र सिंह थापाले स्वास्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीमार्फत सामग्री हस्तान्तरण गरेका हुन । 

    कार्यक्रममा प्रा.लि.का बर्दिया कम्पनी प्रमुख राजिवसिह राजपुतले चौधरी फाउण्डेशन व्यवसायसंगै विभिन्न सामाजिक कार्यमा अग्रसर रहेको बताए । दोस्रो चरणको संक्रमणमा अक्सिजन अभाव देखिएको बेला सिजिमार्फत देशभरका सात प्रदेशका स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सामग्री हस्तान्तरण अघि बढाएको उनले बताए । सिजिमार्फत देशभरका विभिन्न स्वस्थ्य केन्द्रहरुमा स्वस्थ्य सामग्री हस्तान्तरणको काम भैरहेको उनले बताए । 

    स्वास्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीले महामारीको वर्तमान समयमा सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए । अक्सिजन चरण अभावका कारण धेरैको ज्यान गएको स्मरण गर्दै पछिल्लो समय स्थिति नियन्त्रणमा आएको उनले बताए ।

    कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख डिल्लीराम आचार्य, नगर स्वास्थ्य प्रमुख गीता घिमिरे, वडा नम्बर ३ का वडाअध्यक्ष प्रेम पौडेल, स्थानीय युवा क्लबका अध्यक्ष विकास सुवेदीले कोभिडको विपद्मा समेत सहयोग अगाडी बढाएकोमा सिजि परिवारप्रति आभार व्यक्त गरे । यसअघि सिजिमार्फत जिल्ला कार्यालयलाई १० हजार थान मास्क र सेनिटाइजर समेत वितरण गरिएको थियो ।



    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij