images
images

आइतवार, जेठ ६ गते २०८१

नेपाल भारत मैत्री संघद्वारा राहत वितरण

नेपाल भारत मैत्री संघद्वारा राहत वितरण

images
images
images
सोमवार, जेठ ३१ २०७८
सोमवार, जेठ ३१ २०७८
  • नेपाल भारत मैत्री संघद्वारा राहत वितरण

    भैरहवा, ३१ जेठ ।

    images
    images
    images

    नेपाल भारत मैत्री संघ बेलहिया उप-शाखा, रुपन्देहीले सीमा क्षेत्रमा रहेका विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण दैनिक रोजगारी गुमाएका ६० जना विपन्न तथा मजदूरहरुको परिवारलाई खाद्यान्न वितरण गरिएको संघको कार्यालयले जनाएको छ ।

    नेपाल भारत सीमा क्षेत्रमा दैनिक मजदुरी गर्नेहरुको परिवारलाई दैनिकी चलाउन समस्या परेको जानकारी पाएपछि केही दिन पुग्ने राहत सामाग्री वितरण गरिएको उप-शाखा बेलहियाका अध्यक्ष श्रीचन्द गुप्ताले जानकारी दिए । 

    खाद्यान्न वितरण कार्यक्रममा नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष वासुदेव रिमालको प्रमुख आतिथ्यता, मैत्री संघका धकधई उप–शाखाका अध्यक्ष बेचन कान्दुको विशिष्ट आतिथ्यता रहेको उप-शाखाका सल्लाकार सुरेन्द्र क्षेत्रीले जानकारी दिए ।

    उप-शाखा बेलहियाका उपाध्यक्ष माधव शर्मा, कोषाध्यक्ष चन्द्रिकामणि त्रिपाठी, सल्लाहकारहरु  दुर्गा  क्षेत्री, पशुपति कान्दु, किशोर जोशी,  सदस्यहरु एजाज वारिस, हरेराम कलवार, व्यवसायी राजेश जयसवाल लगायतको उपस्थिति रहेको थियो । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij