images

शुक्रवार, बैशाख २१ गते २०८१

२० वर्ष कैद भएका दुई फरार प्रतिवादी पक्राउ

२० वर्ष कैद भएका दुई फरार प्रतिवादी पक्राउ

images
images
images
सोमवार, जेठ ३१ २०७८
सोमवार, जेठ ३१ २०७८
  • २० वर्ष कैद भएका दुई फरार प्रतिवादी पक्राउ

    भैरहवा, ३१ जेठ ।
    रुपन्देही प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय भएका दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतबाट कैद सजायको फैसला भइ हालसम्म फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    २०६९ वैशाख ७ गते लाला भन्ने मैनुदिन मुुसलमानलाई टाउकोको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा अदालतको २०७१ असार २४ गतेको फैसलाले कर्तव्यज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका सिद्धार्थनगर नगरपालिका ५ का ३० वर्षिय ऋषिकेश जैसवाललाई प्रहरीले पक्राउ गरेको छ । सजाय भइ फरार रहेका जयसवालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी आइतबार रुपन्देही जिल्ला अदालतमा दाखिला गरिएको छ । लामो समयसम्म लुकिछिपी बस्दै आएका जयसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सह–प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।

    त्यस्तै कर्तव्य ज्यानमा संलग्न भइ फरार रहेका रुपन्देहीको साविक जोगडा गाविस–९ हाल गैडहवा गाउँपालिका २ का ३९ वर्षिय राज कुमार केवटलाई प्रहरीले पक्राउ गरेको छ । रिता मुरावको श्रीमानको हत्याको संलग्न रहेको आरोपमा २०७६ वैशाख १९ गतेको फैसलाले केवटलाई २० वर्ष कैद सजायको फैसला भए पनि उनी फरार थिए । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनको आफ्नै घरबाट पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा दाखिला गरिएको सह प्रवक्ता चन्दले जानकारी दिए । 

    रुपन्देही जिल्ला अन्तर्गत अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले वैशाख १ गतेदेखि ‘फरार प्रतिवादीविरुद्धको अप्रेशन कार्यक्रम’ सञ्चालन गरेको छ ।

    कोभिड–१९ को समयमा समेत जघन्य अपराधमा संलग्न १० वर्ष भन्दा बढी सजाय भएका हालसम्म १९ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij