२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

मारवाडी युवा मंचद्वारा आश्रमलाई खाद्यान्न सामग्री प्रदान

सोमवार , जेठ ३१, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ३१ जेठ । 
    मारवाडी युवा मंच भैरहवा, रुपन्देहीले तिलोत्तमा नगरपालिका–१५ स्थित नेपाल अविनाश अनाथ आश्रमलाई खाद्यान्न सामग्री वितरण गरेको छ । आश्रममा खाद्यान्न सामग्रीको आवश्यकता रहेको जानकारी पाएपछि खाद्यान्न सामग्री प्रदान गरिएको मंचका अध्यक्ष मनोज कुमार अग्रवालले बताए ।

    ‘कोरोना महामारीको बेला विभिन्न संघ–संस्था अस्पतालका बिरामी तथा बिरामी कुरुवाहरुलाई विभिन्न सामग्री प्रदान गरेर सहयोग गर्नुभएको छ, त्यसैले केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री लिएर हामी आश्रममा पुगेका हौं, ’अग्रवालले भने । 

    मंचले आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीलाई चियापत्ति, चिनी, जिरा, तेल, धनिया, खुर्सानी पाउडर, चाउचाउ, बिस्कुट, गेडागुडी, हर्लिक्स, आयुर्वेदिक हर्बल काडा, भिटामिन, क्याल्सियम औषधि, सर्फ, साबुन, सेनिटाइजर, हेनडवास, मास्क लगायतका सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा मारवाडी युवा मंच भैरहवाका महासचिव मोहित सेठिया, कार्यसमिति सदस्य अनिल शर्मा, सुशिल बंसल लगायतको उपस्थिति रहेको थियो ।

    यस अघि मंचले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रम र लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहलाई  खाद्यान्न सामग्री हस्तान्तरण गरेको थियो ।