images
images

सोमवार, जेठ ७ गते २०८१

विदेशमा रहेका रोहिणीका युवाद्वारा गाउँपालिकालाई सहयोग

विदेशमा रहेका रोहिणीका युवाद्वारा गाउँपालिकालाई सहयोग

images
images
images
आइतवार, जेठ ३० २०७८
आइतवार, जेठ ३० २०७८
  • विदेशमा रहेका रोहिणीका युवाद्वारा गाउँपालिकालाई सहयोग

    भैरहवा, ३० जेठ ।
    रुपन्देहीको रोहिणी गाउँपालिका र देवदह नगरपालिकाका वैदेशिक रोजगारीको लागी दक्षिण कोरियामा रहेका युवाहरुले रोहिणी गाउँपालिकालाई नगद सहयोग गरेका छन् ।
    दक्षिण कोरियामा विभिन्न काममा रहेका ९ जना युवाहरुले रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको नाममा निवेदन लेखेरै सहयोग गरेका हुन् । सहयोग गर्नेमा रोहिणी गाउँपालिका वडा नम्बर ३ घर भएका ताणकेश्वर मल्लाह, रमेश मल्लाह, असफाक खान, धर्मेन्द्र मल्लाह, वडा नम्बर २ का सन्तोष यादव, सुखराम खरविन्द, दिलिप प्रजापति, वडा नम्बर ५ का सुभान अन्सारी र देवदह नगरपालिकाका बीरु मल्लाह रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । उनिहरु सबै जना मिलेर गाउँपालिकालाई १ लाख ४३ हजार २ सय ५४ रुपैया गाउँपालिकाको खातामै रकम पठाएका छन् । 

    images
    images
    images

    ‘विपद्को बेला रोहिणी गाउँपालिकालाई अन्य संघ–संस्था एवं सामाजिक व्यक्तित्वहरुले सहयोग गरेका छन् । तर विदेश बस्ने यी युवाहरुकोे सहयोग अत्यन्तै सराहनीय छ ।’ यादवले भने । विदेशमा आफ्ना पसिना बगाएका युवाहरुले आफ्नो पसिनाको कमाइबाट मातृभूमिलाई सम्झिनु नै ठूलो कुरा भएको उनको भनाइ छ । कोरोना महामारीको समयमा विदेशिएका युवाहरुको सहयोगी मनलाई रोहिणी गाउँपालिकाको सदैव सम्मान रहेको उनले बताए । 

    विभिन्न सञ्चार माध्यमहरुबाट रोहिणी गाउँपालिकामा पनि कोभिडको प्रभाव उच्च रहेको र अक्सिजन लगायतको कुरा थाहा पाएर थोरै भए पनि सहयोग गरेको युवा ताणकेश्वर मल्लाहको भनाइ छ । ‘विदेशमा रहे पनि आफ्नो जन्मभूमिमा अप्ठ्यारो पर्दा केही गर्नुपर्छ भन्ने लागेर हामी ९ जनाले रकम जम्मा गरेर पठाएका हौं । उनले भने । ’ गाउँपालिकामा केही विपद् वा समस्या परे यो रकम परिचालन होस् भन्ने उनीहरुको अपेक्षा छ । भविष्यमा यस्ता सहयोग गरी रहने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

    received_354034976131959.jpeg

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij