images
images

सोमवार, जेठ ७ गते २०८१

जेसीआई सिद्धार्थ : पाँच हजार बढीलाई निःशुल्क खाना वितरण

जेसीआई सिद्धार्थ : पाँच हजार बढीलाई निःशुल्क खाना वितरण

images
images
images
आइतवार, जेठ ३० २०७८
आइतवार, जेठ ३० २०७८
  • जेसीआई सिद्धार्थ : पाँच हजार बढीलाई निःशुल्क खाना वितरण

    भैरहवा, ३० जेठ ।
    दोस्रो लहरको कोरोना संक्रमण (कोभिड १९) फैलिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गर्यो । निषेधाज्ञाका कारण प्राय सबै क्षेत्र प्रभावित हुन पुग्यो । उद्योग, व्यवसाय, कलकारखाना, शैक्षिक संस्था, यातायात लगायतका क्षेत्र बन्द हुँदा अस्पताल भने कोरोना संक्रमित बिरामीले भरिभराउ हुन थाल्यो । यहाँसम्म कि अस्पतालमा बेड र अक्सिजनको समेत अभाव भयो । स्थिति नियन्त्रण नआएपछि स्थानीय प्रशासनले निषेधाज्ञाको अवधि थप्यो । निषेधाज्ञाका कारण अस्पताल वरपरका होटल तथा रेष्टुरेण्ट बन्द भए । जसको प्रत्यक्ष मारमा अस्पतालमा उपचाररत बिरामी र बिरामी कुरुवा पर्न गए । एकातर्फ बिरामीको स्वास्थ्य अवस्थाबारे चिन्तित बिरामी कुरुवालाई अर्कोतर्फ खानाको समस्या । यही अवस्थालाई मध्यनजर गर्दै जेसीआई सिद्धार्थ, नेपालले जेठ ६ गतेदेखि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)मा निःशुल्क खाना खुवाउन सुरु गरेको थियो । संस्थाले युसीएमएससंगै सिद्धार्थनगर नगरपालिकाद्वारा सि.न.पा.–३ स्थित बसपार्कमा सञ्चाललित आइसोलेशन सेन्टरमा पनि खाना वितरण सुरु गरेको थियो ।

    images
    images
    images

    ‘महामारीको बेला एकले अर्कालाई सहयोग गर्नु नै मानवीय कार्य हो, निषेधाज्ञाको पालना गर्दैै नागरिक घरमै बसेको बेला, बिरामी र बिरामी कुरुवाहरुको लागि केही भए पनि सहयोग पुग्छ भन्ने उद्देश्यले निःशुल्क खाना वितरण कार्यक्रम सञ्चालन गरेका हौं, ’जेसीआई सिद्धार्थ २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले भने । हालसम्म संस्थाले पाँच हजार बढीलाई खाना वितरण गरिसकेको ज्ञवालीले जानकारी दिए ।

    अस्पताल र आइसालेशन सेन्टर मा बसेर जेसीआई सिद्धार्थले खाना वितरण गरिएको निःशुल्क खाना वितरण कार्यक्रम संयोजक कमल जि.सी.ले बताए । ‘बिरामी कुरुवा खाना लिन आउँदा पटकपटक धन्यवाद भनिरहनुहुन्छ, उहाँहरुको प्रोत्साहनले हामीलाई थप उर्जा मिलेको छ, ’जि.सी.ले भने ।

    ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीजको मूल मन्त्र लाई आत्मसात गर्दै महामारीमा निःशुल्क खाना वितरण कार्यक्रम सञ्चालन गरिएको जेसीआई सिद्धार्थ, २०२१ का महासचिव सागर पोखरेलले बताए ।

    दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि जेसीआई सिद्धार्थले सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण, उपचारका लागि विपन्न परिवारलाई आर्थिक सहयोग तथा विश्व वातावरण दिवसको अवसरमा भैरहवामा वृक्षारोपण लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij