२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भर्चुअल बैठक तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

सोमवार , भाद्र ८, २०७७


भैरहवा, ७ भदौ ।
पेशागत बीमक समिति (एलआइसी) नेपाल केन्द्रीय समितिको भर्चुअल बैठक एवं उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । जीवन बीमा व्यवसायको विकास र विस्तारका लागि बीमा अभिकर्ताहरु कम्पनीको मेरुदण्ड हुन् भन्ने मान्यताका साथ कम्पनी अगाडी बढेको पेशागत बीमक समिति (एलआइसी)ले जनाएको छ ।

त्यसैले अहिलेको विषम परिस्थितिमा आफ्ना लिडरहरु सम्मिलितको उच्चतम व्यवसायिक सस्था पेशागत बीमा अभिकर्ता संघले एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको मनोबल उच्च बनाउन मेचीदेखि महाकालीसम्मका अभिकर्ताहरू तथा एजेन्सी म्यानेजरहरुलाई समेट्दै कोभिड–१९ को कतै लकडाउन त कतै निषेधाज्ञा रहेको परिस्थितिमा पेशागत अभिकर्ता संघ बीमक समिति एलआइसी नेपालले उक्त कार्यक्रमको नेतृत्व लिएको जनाएको छ ।

पश्चिमाञ्चल पोखराबाट पेशागत बीमा अभिकर्ता संघ नेपाल केन्द्रीय कमिटीका सचिव अभिकर्ता केदारनाथ अधिकारीले महत्वपूर्ण अभिकर्ताको हक र हितमाथि प्रकाश पारेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले एलआइसी नेपाल सम्बद्ध अभिकर्ता एजेन्सी म्यानेजरहरुको मनोबल उच्च राख्न र कम्पनीमा आवद्ध लिडरहरुको सेवा सुविधा र क्षमता वृद्धि विकासमा अग्रणी भूमिकामा रहदै आएको प्रष्ट पारे । संघले बेलाबेलामा यसरी अभिकर्तालाई जागरुक बनाउनुपर्ने उनको भनाइ थियो ।

नेपाल अधिराज्यभरका शाखा समितिका अध्यक्ष तथा पदाधिकारीहरु र केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा महत्वपुर्ण एजेन्डामाथी छलफल गर्नुका साथै कम्पनीको आगामी रणनीति र परिस्थिति जन्य अबस्थालाई मघ्यनजर गर्दै कम्पनीको व्वयस्थापकलाइ आवस्यक सल्लाह र सुझाव दिने गरी कार्यक्रम को रुप तयार गरी अगाडि बढ्ने पूर्व अध्यक्ष स्वदेश महर्जन तथा केन्द्रीय सदस्य तथा एजेन्सी मेनेजर एशोशिएशन अफ एलआइसी नेपालका महासचिव शिवहरि खड्काले बताए ।
कार्यक्रममा रुपन्देही जिल्लाबाट बुटवल रुपन्देहीका  शाखा कमिटीका अध्यक्ष हरिश्चन्द्र गौतम, कोषाध्यक्ष रुपा खत्री, काठमाडौं शाखा अध्यक्ष दिलिप दास, वीरगंज शाखा अध्यक्ष अशोक गुप्ताले भनाइ राखेका थिए।

कोभिड–१९ संक्रमणको समस्यालाई मध्यनजर गर्दै कोरोनाको अन्त्यपछि एलआइसीमा आबद्ध अभिकर्ताहरु मिलेर एक सशक्त संस्था बनाएर अगाडि बढनुपर्छ भन्दै अभिकर्ता एजेन्सी म्यानेजर संघका केन्द्रिय सदस्यहरुले  सुझाव दिदै बैठकले आगामी दिनमा व्यवस्थापन र अभिकर्ताबीचमा समन्वय गरी अगाडि बढ्ने निर्णय गरेको छ ।

118468956_749373105843829_8394477711630925726_n.jpgकल्याण विक्रम पाण्डेको अध्यक्षता तथा होम आलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै काठमाडौं शाखा अध्यक्ष दिलिप दासको काठमाडौं शाखामा गत असार १६ गते काम गर्दागर्दै हृदयघात भएर गंगालाल हृदय रोग अस्पतालमा उपचार गरेका उनको पूर्ण स्वास्थ्य लाभको कामना गरिएको थियो ।