images

आइतवार, बैशाख २३ गते २०८१

मृगौलाको उपचारका लागि युवतीलाई ६७ हजार सहयोग

मृगौलाको उपचारका लागि युवतीलाई ६७ हजार सहयोग

images
images
images
शनिवार, जेठ २९ २०७८
शनिवार, जेठ २९ २०७८
  • मृगौलाको उपचारका लागि युवतीलाई ६७ हजार सहयोग

    बुटवल, २९ जेठ ।
    मृगौलाको समस्या भएकी रुपन्देहीकी एक युवतीलाई बुटवलका समाजसेवी युवाहरुले नगद सहयोग गरेका छन् । उपचारमा गराइरहेकी कञ्चन गाउपालिका वडा नम्बर ५ स्थायी घर भएकी २६ वर्षिय आयुषा पाण्डेलाई नगद ६७ हजार रुपैयाँ सहयोग गरिएको हो । सामाजिक कार्यमा अग्रसर युवा जबिन कक्षपतिको नेतृत्वमा शनिबार होटल फ्लामिङ्गोमा आर्थिक रकम हस्तान्तरण गरिएको हो ।

    images
    images
    images

    संघीय योजना कार्यान्वन ईकाई कार्यालयमा करारमा कार्यरत २६ वर्षिय पाण्डे २०७५ कार्तिकमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि परामर्शका लागि चिकित्सकका पुगिन  चिकित्सकले भिडियो एक्सरे) गर्ने सुझाव अनुसार परीक्षण गरि हेर्दा दुवै मृगौलामा समस्या देखिएको थियो । त्यसपछि थप परीक्षण गर्न भारत र नेपालको विभिन्न अस्पतालमा पुग्दा दुवै मृगौला खराब रहेको पुष्टी भयो । केही समय औषधी सेवन गराएकी उनी अहिले भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा नियमित डायलासिस गराउँदै आएकी छन् । अब मृगौला ट्रान्सप्लान्ट (प्रत्यारोपण) को तयारीका लागि चिकित्सकको परामर्शपछि आवश्यक परिक्षण र प्रत्यारोपण गर्ने तयारीमा समेत रहेको उनले बताइन् ।

    सामाजिक संजालमा जित्न सक्छु भन्ने पाण्डेको स्टाटस देखेका कक्षपति अचम्मित परे । निर्माण व्यवसायमा आवद्ध कक्षपतिको कामको सिलसिलामा पाण्डेसंग केही वर्ष अघि कार्यालयमा भेट भएकी सम्झना गरे । उनीसंग फोन सम्पर्क गरेर बुझे । पाण्डेको पारिवारिक अवस्था समस्या भएको बुझेपछि सहयोग गर्ने प्रतिवद्धता फोनमै जनाए । यसैबीच निषेधाज्ञा र अर्कोतर्फ मुटुको उपचारमा काठमाण्डौ रहेका कक्षपतिले रोटरी क्लब अफ बुटवल डाउनटाउनका सदसइहरुलाई यसबारे खबर गरे । यसमा सबैबाट सकारात्मक कुरा आयो । 

    क्लबका अध्यक्ष पंकज ज्ञवालीले आर्थिक संकलनमा तुलसी घिमिरे, दिलिप गौचन, महेन्द्र रायमाझी, भानु केसी, भरत राना, अर्जुन पौडेल, भिमराज श्रेष्ठ, रोटरी क्लब अफ रुपन्देहीका पुर्व अध्यक्ष सुरज खत्री, नगेन्द्र घिमिरेको समेत आर्थिक सहयोग जुटेको उनले बताए। करिब २ महिना अघि संकलन भएको रकम उपचारको क्रममा रहेकी उनलाई शनिबार रकम हस्तान्तरण गरिएको हो ।

    आयुषा घरको जेठी छोरी घर व्यवहार पनि पछिल्लो समय उनकै काधमा थियो । बुवा केही समय भारतमा रोजगार थिए । अहिले घरमै छन् । घर व्यवहारमा मद्दत गर्दै आएकी छोरीको मृगौला खराब भएको चिकित्सकले बताएपछि परिवारमा बज्रपात भएको छ । घरको आर्थिक अवस्था त्यति राम्रो छैन् र सुरुमै परीक्षण लगायतका कुरामा लाखौ खर्च भएको छ । थप उपचारका लागि रकम जुटाउन उनलाई चुनौती आइपरेको छ । आयुषाको उपचारमा सहयोग जुटाउन उनलाई मेघा बैंक भैरहवा शाखाको खाता नम्बर ०२९००५००५८०५५  आयुषा पाण्डे वा नबिल बैंक खाता नम्बर १३१००१७५०५९२० र ई सेवाबाट ९८६२७२७७७७ मा रकम जम्मा गर्न अनुरोध गरिन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij