२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

लुम्बिनी प्रादेशिक अस्पताललाई चार थान भेन्टिलेटर सहयोग

शनिवार , जेठ २९, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, २९ जेठ ।
    गोर्खा सेमिट्जि ट्रष्ट नेपालको आयोजनामा हङकङ र सामप्रदायिक अभियन्ता युकेस राई र संजय राईको पहलमा हङकङ लगायत विभिन्न देशमा बस्ने नेपालीहरुको आर्थिक सहयोगमा भेन्टिलेटर सहयोग गरिएको छ । 
    बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार थान प्रोटेबल भेन्टिलेटर सहयोग गरिएको हो । ट्रष्टका अध्यक्ष महेन्द्र राई तथा महासचिव भोजराज राई, सचिव नविता प्रिया तथा आजीवन सदस्य केवी राना काजीले संयुक्त रुपमा अस्पतालको मातहतमा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको लागि उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । 

    अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई बचाउन उक्त भेन्टिलेटर उपलब्ध गराइएको ट्रष्टले जनाएको छ ।