images

बुधवार, बैशाख २६ गते २०८१

साक्षरता कक्षा सञ्चालित विद्यालयमा ‘फोन पाठशाला’

साक्षरता कक्षा सञ्चालित विद्यालयमा ‘फोन पाठशाला’

images
images
images
शनिवार, जेठ २९ २०७८
शनिवार, जेठ २९ २०७८
  • साक्षरता कक्षा सञ्चालित विद्यालयमा ‘फोन पाठशाला’

    दमौली, २९ जेठ ।
    रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका तनहुँका विद्यालयमा फोन पाठशाला सुरु हुने भएको छ । रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका विद्यालयका नेपाली भाषा शिक्षकहरुले अब मोबाइलबाट विद्यार्थीलाई पढाउने भएका छन् । 

    images
    images
    images

    विद्यार्थी सिकाइ सहजीकरणका विभिन्न वैकल्पिक तरिकाहरुको अभ्यास गरिरहेको रुम टु रिडले फोन पाठशालाको अवधारणा अगाडि बढाएको हो । कोरोना कहर र निषेधाज्ञाका कारण विद्यालय बन्द भएपछि फोन पाठशाला सञ्चालन गर्न लागिएको छ । यसका लागि साक्षरता कार्यक्रम सञ्चालन भएका जिल्लाका ३३ विद्यालयका ६१ जना नेपाली भाषा शिक्षण गर्ने शिक्षकलाई अभिमुखीकरण गरिएको छ । 

    फोन पाठशाला मार्फत् पुनः विद्यार्थीहरुसँग जोडिन पाउने भएपछि उत्साहित भएको भानु संस्कृत माध्यमिक विद्यालयका शिक्षक गीता आचार्यले बताउनुभयो । भृकुटी माध्यमिक विद्यालयका शिक्षक देवी सिग्देलले विद्यार्थीको सिकाइका लागि फोन पाठशाला प्रभावकारी हुने बताए । 

    कोरोनाका कारण विद्यालय बन्द भई विद्यार्थीको सिकाइमा भएको क्षति कम गर्न फोन पाठशालाको अवधारणा अगाडि बढाएको रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत एलबी खड्काले जानकारी दिए । विद्यार्थी सिकाइ सहजीकरणका लागि रुम टु रिडले रेडियो स्कूल, अनलाइन पुस्तकालय र फोन मार्फत् अभिभावक शिक्षा समेत सञ्चालन गरिरहेको छ । 

    विद्यालयका कक्षाकोठामा रमाउनुपर्ने बालबालिकाहरु कोरोना कहरले घरमै बस्न बाध्य हुँदा पठनपाठनमा क्षति पुगेको छ । घरमा बसिरहेका विद्यार्थीको सिकाईमा सहजीकरणका लागि फोन पाठशाला सञ्चालन हुने संस्थाले जनाएको छ । संस्थाले सबै पालिकाका शिक्षा शाखा प्रमुखहरुसँग यसबारेमा अनलाइन बैठक समेत गरेको छ । सबै पालिकाले यसका लागि अनुमति दिएका छन् । फोन पाठशालामा विद्यार्थीहरुको सिकाई कठिनाइका आधारमा हरेक विद्यार्थीलाई के सिकाउने भनी कार्ययोजना तयार गर्ने र सोही कार्ययोजना अनुसार विद्यार्थीलाई महिनामा कम्तिमा तीन पटक फोन गरी फोनबाट सिकाइने रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत खड्काले बताए ।

    नेता पौडेलद्वारा ५० हजार मास्क वितरण

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना महामारीमा मास्क अभियान सञ्चालन गरेका छन् । तनहुँ जिल्लाका ग्रामीण भेगसम्म मास्क वितरण गर्ने अभियान बमोजिम पौडेलले मास्क अभियान सञ्चालन गरेका हुन् ।

    अभियान अन्तर्गत केन्द्रीय सदस्य पौडेलले शुक्रबार तनहुँका दश वटै पालिकाका तरुण समितिलाई ५० हजार थान मास्क वितरण गरेका छन् । चार नगरपालिका र छ गाउँपालिकाका तरुण समितिलाई पाँच÷पाँच हजारका दरले मास्क वितरण गरिएको छ । 

    कोरोना नियन्त्रणका लागि मास्क प्रभावकारी रहेकाले हरेक व्यक्तिलाई मास्क पुर्याउने योजना रहेको पौडेलले बताए । साथै पौडेलले तरुण दलमार्फत् नै ऋषिङ, भिमाद र बन्दीपुरका लागि अक्सिजन कन्सनट्रेटर वितरण गरेका छन् । तरुण दल तनहुँ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पौडेलले स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

    यसअघि पौडेलले पहिलो चरणमा तनहुँका अस्पताल र स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटरसहितका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरिसकेका छन् । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारालाई चार, भानु नगरपालिका र शुक्लागण्डकी नगरपालिकालाई २/२ थान अक्सिजन कन्सन्ट्रेटरको साथमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij