images

बुधवार, बैशाख २६ गते २०८१

खाद्यान्न बाँड्दै हिन्दु स्वयंसेवक संघ र लियो सिद्धार्थनगर युथ

खाद्यान्न बाँड्दै हिन्दु स्वयंसेवक संघ र लियो सिद्धार्थनगर युथ

images
images
images
शुक्रवार, जेठ २८ २०७८
शुक्रवार, जेठ २८ २०७८
  • खाद्यान्न बाँड्दै हिन्दु स्वयंसेवक संघ र लियो सिद्धार्थनगर युथ

    भैरहवा, २८ जेठ ।
    दोस्रो लहरको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण विशेष गरी दैनिक ज्यालादारीमा काम गर्ने मजदूर र विपन्न परिवारलाई बिहान–सांझ छाक टार्न समस्या भएको छ । यही समस्यालाई मध्यनजर गर्दै हिन्दु स्वयंसेवक संघ, नेपाल र लियो क्लब अफ सिद्धार्थनगर युथले विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् । शुक्रबार रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित मतकोलवाका ५० घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हिन्दु स्वयंसेवक संघ नेपाल भैरहवा नगर सेवा प्रमुख राजन शुक्लाले बताए । निषेधाज्ञाको पालना गर्दै घरमा बसेका विपन्न नागरिक भोकै बस्नुहुँदैन भन्ने हाम्रो चाहना हो, त्यसैले उहाँहरुको घरदैलोमा पुगेर खाद्यान्न हस्तान्तरण गरेका छौं, ’शुक्लाले भने ।

    images
    images
    images

    प्रतिपरिवार चामल, पिठो ५/५ केजी, चना, आलु, प्याज १/१ केजी र सोयाबीन एक प्याकेट वितरण गरिएको लियो क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०२०/२१ का अध्यक्ष विकास यादवले जानकारी दिए ।

    यस अघि हिन्दु स्वयंसेवक संघ, नेपालले भैरहवा क्षेत्रका ३५० बढी विपन्न परिवारलाई खाद्यान्न वितरण गरिसकेको संघका साविक लुम्बिनी अञ्चल सचिव रविकान्त उपाध्यायले बताए ।

    त्यस्तै संघको समन्वयमा मारवाडी युवा संघ भैरहवाले भीम अस्पतालमा निःशुल्क खाना समेत वितरण गरिरहेको उपाध्यायले जानकारी दिए । उक्त कार्यक्रममा लियो क्लब अफ सिद्धार्थनगर युथका सदस्यहरुको पनि सक्रिय सहभागिता रहेको क्लबले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij