images

आइतवार, बैशाख १६ गते २०८१

रुपन्देहीमा १२ हजारले लगाए कोरोनाविरुद्धको भेरोसेल खोप 

रुपन्देहीमा १२ हजारले लगाए कोरोनाविरुद्धको भेरोसेल खोप 

images
images
images
शुक्रवार, जेठ २८ २०७८
शुक्रवार, जेठ २८ २०७८
  • रुपन्देहीमा १२ हजारले लगाए कोरोनाविरुद्धको भेरोसेल खोप 

    बुटवल, २८ जेठ । 
    तीन दिनसम्म संचालन गरिएको खोप कार्यक्रम अन्तर्गत रुपन्देहीमा लक्षित समुहका १२ हजार २ सयले कोरोना (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । गत जेठ २५ गतेदेखि सुरु भएको खोप कार्यक्रम अन्तर्गत लक्षित समुहका करिब ९० प्रतिशतले कोभिडविरुद्धको भेरोसेल खोप लगाएको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ । 

    images

    जिल्लाका १६ स्थानीय तहका ६९ वटा खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ९० प्रतिशतले पहिलो मात्राको भेरोसेल खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले बताए । रुपन्देहीमा कुल १४ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा करिब १० प्रतिशत खोप लगाउन बाँकी रहेको र आज भोलिमा लगाउने कार्यक्रम रहेको डा. गिरीले बताए ।

    डा. गिरीका अनुसार बुटवलमा २२ सय ८१ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । त्यस्तै देवदहमा ८ सय ५६, तिलोत्तमामा १६ सय, लुम्बिनीमा १४ सय ५४ र सैनामैनामा लक्ष्य अनुसार ९ सय १५ जनाले खोप लगाएका छन् । यस्तै सिद्धार्थनगर नगरपालिकामा ७ सय ९७, गैडहवामा २ सय २६, कञ्चनमा ३ सय ५९, कोटहीमाई ६१, मर्चवारी ८९ र मायादेवी गाउँपालिकामा ३ सय १३ जनाले खोप लगाएका छन् ।



    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij