images

आइतवार, बैशाख १६ गते २०८१

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमबारे बुद्धिजिवी, उद्योगी–व्यवसायीको धारणा

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमबारे बुद्धिजिवी, उद्योगी–व्यवसायीको धारणा

images
images
images
शुक्रवार, जेठ २८ २०७८
शुक्रवार, जेठ २८ २०७८
  • लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमबारे बुद्धिजिवी, उद्योगी–व्यवसायीको धारणा

    बुटवल, २८ जेठ । 
    लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तय गरेको वार्षिक नीति तथा कार्यक्रमबारे बुद्धिजिवी, उद्योगी तथा व्यवसायीहरुले मिश्रित धारणा व्यक्त गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवबाट गत मंगलबार प्रदेश सभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्दै उनीरुले खासै उत्साहजनक नरहेको बताएका छन् ।
    प्रदेश सरकारको तर्फबाट आगामी आ.व.का लागि तयार पारिएको नीति तथा कार्यक्रममा कुनै ठोस एवं प्रभावकारी कार्यक्रम नरहेको, प्रचारात्मक तथा पपुलिस्ट किसिमका कार्यक्रमलाई प्राथमिकता दिइएको, भित्र गुदी नभएको अर्थात हावा भरिएको बेलुन जस्तो र कार्यकर्ता पोस्ने खालको लगायतका विभिन्न टिप्पणीहरु गरिएको छ । 

    images

    कोभिड कहरकाबीच आएको वार्षिक नीति तथा कार्यक्रममा विगतका कार्यक्रमहरुको निरन्तरता, केही नयाँ कार्यक्रमहरुको सुरुवात, कोभिड नियन्त्रण र स्वास्थ्य क्षेत्रमा केन्द्रित, जनतामा भ्रम छर्ने खालको, प्रचारमुखी, कार्यान्वयनको आधार नभएको, वितरणमुखी रहेको लगायत मिश्रित धारणाहरु व्यक्त गरेका छन् ।
    संघियता विशेषज्ञ डा. प्रान्सु नेपालले बिगतमा प्रभावकारी नभएका र असफल भएका निति तथा कार्यक्रमलाई निरन्तरता दिइएको भन्दै चुनावमुखी, कार्यकर्तामुखी र वितरणमुखी भएको बताए । डा. नेपालले भने—‘जनताको चाहना र भावना अनुरुपको दिर्घकालीन सोचसहितको नीति तथा कार्यक्रम आउनुपर्नेमा उही पुरानै ढर्राको झारा टार्ने खालको छ ।’ 

    बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष खिम बहादुर हमालले नीति तथा कार्यक्रम सबै राम्रा हुन्छन् तर यसको कार्यान्वयन पक्ष कसरी जान्छ भन्ने कुरा महत्वपुर्ण हुने बताए । हमालले भने—‘प्रदेशको समृद्धिको नारा सफल पार्न सरकारी क्षेत्रले मात्र सम्भव छ भनेर निजी क्षेत्र लगायतलाई वेवास्ता गरेर अघि बढ्ने नीतिले कहिल्यै सफल भइदैन भन्ने कुरा सरकारले बुझ्नुपर्छ ।’ 

    रुपन्देही उद्योग संघका उपाध्यक्ष कृष्ण पराजुलीले समग्रमा नीति तथा कार्यक्रम राम्रै रहेको तर आम जनता, उद्योगी व्यवसायी उत्साहित हुने कुनै योजना नरहेको बताए । नीति तथा कार्यक्रम देखाउने दाँत जस्तो रहेको तर खाने दाँत अर्कै भएको जस्तो भन्दै उपाध्यक्ष पराजुलीले घोषणा गरे जस्तो कार्यान्वयनको पाटो भने प्रभावकारी नहुने विगतकै वर्षहरुको अनुभव रहेको बताए ।  

    लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई विपक्षी दलका नेताहरुले अत्यन्त महत्वाकांक्षी, कार्यान्वयनको आधार नभएको, प्रभावकारिता नरहेको भन्दै  हावा भरिएको आकर्षक र रंगिन बेलुनको संज्ञा दिएका छन् । अल्पमतमा परिसकेको र वैधानिकता गुमाइसकेको सरकारले कार्यान्वयन हुने आधार नै नभएको नीति तथा कार्यक्रम ल्याएको उनीहरुको भनाइ छ ।

    नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती मगरले नीति तथा कार्यक्रमको कुनै अर्थ र औचित्य नरहेको, अल्पमतमा पर्दापर्दै किर्ते र जालसाजी गरेर बनेको सरकारले ल्याएको नीति तथा कार्यक्रम अवैध रहेको टिप्पणी गरेका छन् । उनले भने–‘गत वैशाख १९ गते किर्ते र जालसाजी गरेर बनेको सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रस्तुति नै पूर्ण रुपमा अवैधानिक छ ।’ 


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij