images

बुधवार, बैशाख २६ गते २०८१

रेडक्रस र युनिसेफद्वारा तीन पालिकालाई स्वास्थ्य सामग्री प्रदान

रेडक्रस र युनिसेफद्वारा तीन पालिकालाई स्वास्थ्य सामग्री प्रदान

images
images
images
शुक्रवार, जेठ २८ २०७८
शुक्रवार, जेठ २८ २०७८
  • रेडक्रस र युनिसेफद्वारा तीन पालिकालाई स्वास्थ्य सामग्री प्रदान

    भैरहवा, २८ जेठ ।
    नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले युनिसेफ नेपालको साझेदारीमा सञ्चालित कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत रुपन्देहीका तीन स्थानीय तहहरुको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

    images
    images
    images

    रेडक्रसले लुम्बिनी सांस्कृतिक र सिद्धार्थनगर नगरपालिका तथा सम्मरीमाई गाउँपालिकामा रहेका आइसोलेशन सेन्टरहरुमा आवश्यक स्वास्थ्य सामग्री बिहीबार हस्तान्तरण गरेको हो । सिद्धार्थनगर नगरप्रमुख हरिप्रसाद अधिकारी, लुम्बिनी सांस्कृतिक प्रमुख मनमोहन चौधरी र सम्मरीमाईका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्बु) लाई उक्त सामाग्री हस्तान्तरण गरेको रेडक्रस रुपन्देही अध्यक्ष प्रेसलाल उदासले बताए ।

    रेडक्रसले यी पालिकालाई खानेपानी ट्यांकी, ह्याण्ड वासिङ स्टेशन, माक्स, सेनिटाइजर, हर्पिक, फिनेल, साबुन, युरिगार्ड, पानी फिल्टर जग, सेनिटाइजर इन्सुरेन्सी लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । प्रत्येक स्थानीय तहलाई १ लाख ८० हजारदेखि २ लाख रुपैयाँसम्मको स्वास्थ्य सामाग्री प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति प्रेमलाल उदासले बताए ।

    रेडक्रसले जेठ १ गतेदेखि स्वयंसेवक परिचालन गरी बेलहिया नाकामा आवातजावत गर्ने यात्रुलाई समेत निःशुल्क खानेपानी वितरण गर्दै आइरहेको रेडक्रस, रुपन्देही जिल्ला शाखाका उपसभापति दीपक क्षेत्री न्यौपानेले बताए । रेडक्रसका उपसभापति न्यौपानेले स्थानीय तहलाई उपलब्ध गराएको सामाग्री भरपूर्णरुपमा सदुपयोग गर्न आग्रह गरे । त्यस्तै रेडक्रसले भारतबाट घर फर्किने नेपालीहरु संक्रमित भएको खण्डमा उनीहरुलाई घरसम्मै निःशुल्क पुर्याउँदै समेत आएको जनाएको छ । 

    सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्लले ढिलै भए पनि स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको भन्दै यसले गाउँपालिकामा कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न सहयोग पुग्ने जनाए । 

    कार्यक्रममा सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी माझी, रेडक्रस सोसाइटी मर्चवार उपशाखाका सभापति निरञ्जन पाठक, खानेपानी, सरसफाई तथा स्वच्छता (वास)का पूर्व वास अधिकृत महेश्वर गौतम, सुपरभाइजर विनोद थापा लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij