२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

लायन्स सिद्धार्थनगर गौतमबुद्धले गरायो आफ्ना सदस्यहरुको कोरोना बीमा

सोमवार , भाद्र ८, २०७७

  • 5.9K
    Shares
  • 5.9K
    Shares
  • भैरहवा, ८ भदौ ।
    लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले आफ्ना सदस्यहरुको कोरोना बीमा गराएको छ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडसंग बीमालेख सम्झौता गरी २२ जना सदस्यहरुको कोरोना बीमालेख जारी गराइएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष अरुण कुमार मिश्राले बताए ।

    पछिल्लो समय कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै क्लबका सदस्यहरुलाई आगामी दिनमा आइपर्ने समस्याबाट राहत होस् भन्ने उद्देश्यले बीमा गराइएको मिश्राले बताए ।

    सोमबार युनाइटेड इन्स्यारेन्स भैरहवा शाखाका सिनियर असिस्टेन्ट अमृता कलवारले कोरोना बीमालेख क्लबका अध्यक्ष मिश्रा र सचिव राजन शुक्लालाई हस्तान्तरण गरिन् । 

    पीसीआर रिपोर्ट अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएमा युनाइटेड इन्स्योरन्सले बीमा गराएका सम्बन्धित क्लबका सदस्यलाई एक लाख उपलब्ध गराउनेछ । 

    सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले वर्ष २०२०/२१ अन्तर्गत वृद्धाआश्रममा खाद्यान्न सामाग्री वितरण, मर्चवार क्षेत्रमा बाढीप्रभावितलाई खाद्यान्न सामाग्री प्रदान, भैरहवामा हात धुन मिल्ने पानी टंकी जडान र मृगौलापीडितलाई आर्थिक सहयोग गरिसकेको क्लबका सह–सचिव सुमेर विक्रम खांणले बताए ।