२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाद्वारा भीम अस्पताललाई सहयोग

बिहिवार , जेठ २७, २०७८

भैरहवा, २७ जेठ ।

सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत भीम अस्पताल विपद् व्यवस्थापन कोषलाई ४६ हजार ७ सय ७० रुपैयाँ सहयोग गरेको छ । कोभिड–१९ महामारी नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको र अक्सिजन प्लान्ट जडान लगायत अन्य भौतिक पूर्वाधार तथा उपचार सेवा विस्तार आवश्यक रहेको भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शकुन्तला गुप्तालाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । वित्तीय संस्थाका संचालकद्वय प्रदिपकुमार सुद्रनिया र अभिषेक बेरिवालले सो चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा अध्यक्ष भण्डारीले सरकारी स्वामित्वको भीम अस्पताललाई यस क्षेत्रको उत्कृष्ट उपचार र सेवा प्रदायक अस्पताल बनाउन आफुले योजना बनाइरहेको र त्यसलाई कार्यान्वयन गर्न सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको औल्याए । उनले सानो सानो सहयोगबाटै ठुलो काम गर्न सकिने भन्दै निजी क्षेत्रलाई अस्पतालको विकासमा सहयोग गर्न आग्रह गरे । संस्थाका संचालक अभिषेक बेरिवालले भीम अस्पतालको सेवा राम्रो बनोस भनेर नै सामाजिक उत्तरदायित्व अन्तर्गत थोरै भए पनि सहयोग गर्न पाएकोमा गौरव लागेको उल्लेख गरे । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत देवसिंह बिष्ट, भीम अस्पतालका कर्मचारी गोविन्द ज्ञवाली लगायतको समेत उपस्थिति रहेको थियो ।

लुम्बिनी प्रदेश कार्यक्षेत्र रहेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले गरीवबको रेखामुनी रहेका समुदायमा वित्तीय कार्यक्रम संचालन गर्दै आएको छ ।