images

शुक्रवार, बैशाख २१ गते २०८१

बदला लिन हत्या, पाँच जना पक्राउ

बदला लिन हत्या, पाँच जना पक्राउ

images
images
images
बिहिवार, जेठ २७ २०७८
बिहिवार, जेठ २७ २०७८
  • बदला लिन हत्या, पाँच जना पक्राउ

    भैरहवा, २७ जेठ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-४ मनौराका ३५ वर्षिय महेन्द्र यादवको हत्यामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको लुम्विनी सांस्कृतिक नगरपालिका-४ मनौराका २२ वर्षिय बलजित पासी, सोही स्थानका ३० वर्षिय दुर्गेश पासवान, २४ वर्षिय राकेश यादव, २० वर्षिय संजय पासी र २३ वर्षिय सर्वजित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

    images
    images
    images

    गत जेठ २३ गते बिहान साढे ६ बजे लु.स.न.पा.-४ स्थित मनौरा बन्दरगढबाट महेन्द्र यादवको हत्या गरेको अवस्थामा शव फेला परेको थियो । प्रहरीका अनुसार घटनाबारे सूचना प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक रबिन्द्र महतको कमाण्डमा खटिएको टोली घटनास्थल पुग्दा मृतकको टाउको, छाती, घाटी र गुप्तांगमा धारिलो हतियार प्रहार गरी घाउ चोट लागि अनुहार र टाउको समेतको भाग रगतले लतपतिएको अवस्थामा शव फेला परेको थियो ।

    घटनाको अनुसन्धान गर्ने क्रममा पक्राउ परेका आरोपितहरुले पुरानो रिसईबीको कारण बदला लिने सोचका कारण योजनाबद्ध रुपले महेन्द्र यादवलाई उनकै गाउँमा हत्या गरी खेतमा लगि फालेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए । चन्दका अनुसार यादवको जेठ २२ गते राती साढे १२ बजे हत्या भएको थियो ।

    जेठ २५ गते मंगलबार नियन्त्रणमा लिइएका पाँच जना प्रतिवादीलाई बुधबार रुपन्देही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ) १ थान, पानी तान्ने चापाकलको ह्याण्डर (हत्ता) १ थान र हत्यामा प्रयोग भएको हरियो बाँसको घारा १ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij